२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चौताराको निर्णयः मालपोत कर छुट!

  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • साउन ८, २०७७
    चौताराः चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा मालपोत कर छुट गर्ने निर्णय गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को प्रकोपले सर्वसाधान समस्यामा परेको भन्दै कर नलिने निर्णय गरेको छ।

    नगरपालिकाल् गरेको कर छुट हुनका लागि यसअघि नै कर तिरेको हुनुपर्ने नगपरप्रमुख अमानसिं तामाडले बताए। नगरपालिकाले दिने कर छुटका लागि यसअघिको कर तिरिसकेको हुनुपर्छ उनले भने, व्यवसाय सम्बन्धी कर, सम्पति सम्बन्धी कर, घर अभिलेखीकरण सम्बन्धी करअसोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाइसकेमा विलम्ब
    शुल्क नलाग्ने भएको छ।

    घर अभिलेखीकरण सम्बन्धी कर असोज मसान्तसम्म नबुझाए पुस सम्म दोब्बर लाग्ने समेत निर्णय गरेको छ। पुसपछि घर अभिलेखीकरण कार्य बन्द हुने समेत जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस