२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • साउन ६, २०७७
    काठमाडौँः नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। महासंघ र ३ वटा ट्रेड युनियनहरूले मंगलबार काठमाडौँमा गरेको संयुक्त पत्रकार सम्मेलनमार्फत बिहिबारबाट निरन्तर यातायाताको साधन सञ्चालन गने निर्णय गरेको हो।

    यातायात श्रमिकहरूको सामूहिक कोरोना बीमाका लागि सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत रकम व्यहोर्ने सहमति भएपछि व्यवसायीहरू यातायात सञ्चालन गर्न तयार भएका हुन् । लामो र छोटो दूरीको यातायात सञ्चालनका लागि महासंघ तयार भएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

    कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको स्थापना गर्न विभागमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने समझदारी पनि व्यवसायीहरूले गरेका छन् ।

    छोटो, मध्यम र लामो दूरीको सवारी सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति समेत भएको छ।
    श्रमिकलाई आवश्यक पर्ने मास्क, पञ्जा, स्यानीटाइजर र पीपीईलगायतका स्वास्थ्य सामग्री सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने भएका छन् ।

    सरकारले २६ असारबाटै यातायात सञ्चालनको निर्णय गरेपनि व्यवसायीहरू विभिन्न माग राख्दै आएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस