साउन ६, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा ५ करोडभन्दा धेरै विद्युत महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। नेपाल विद्युत प्राधिकरण सिन्धुपालचोक वितरण केन्द्रले ५ करोडभन्दा धेरै विद्युत महसुल उठाउँन बाँकी रहेका जनाएको हो।
द्धन्द्धकाल र घर पतन भएकाहरुबाट बक्यौता असुल गर्न बाँकी रहेका लामुसाँघु वितरण केन्द्रका प्रमुख सानुबावु थापाले जानकारी दिए। सात करोड असुल गर्न बाँकी रहेकोमा गत आर्थिक बर्षमा २ करोड असुल गरेका बताए।
निजि घर र मिललगायत अन्य क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा व्यक्ति पहिचान गरेर महसुल असुल गर्ने काम भइरहेको बताए। गत आर्थिक बर्षमा १६ करोड राजस्व संकलन गरेको समेत जनाए।
प्रतिक्रिया दिनुहोस