२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सिन्धुपाल्चोकमा एकै दिन १३ जनाले जिते कोरोना

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन ५, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा सोमबार एकैदिन १३ जनाले कोरोना जितेका छन्।
    २२ जना रहेको आइसोलेसनबाट सोमबार एकै दिन ११ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि घर फर्किएका हुन्।

    १३ जनाको रिपोर्ट कोरोना नभएको आएपनि अविरल बर्षाका कारण घर जान नसक्ने भएपछि एक दम्पति भने आइसोलेसनमानै रहेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले जानकारी दिइन्।

    ती दम्पति बाहेक अब मेलम्ची नगरपालिकाको आइसोलेसनमा ७ जना रहेका उनले बताइन्। मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा ९ जना रहेका छन् ।

    आज कोरोना जित्नेहरुमा इन्द्रावती गाउँपालिकाको १ जना र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ जना रहेको उपप्रमुख नेपालले बताइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस