२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

सिन्धुपाल्चोकमा सार्वजनिक सवारी साधन सञ्चालन

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन ४, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ। सरकारी निर्णयअनुसार जिल्लाभित्र चल्नेगरी सवारी साधन सञ्चालनमा आएको हो।

    चैत्र ११ गतेको लकडाउन अर्थात् बन्दाबन्दीपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायिहरुले बताएका छन्। कोरोनाको संक्रमणको त्रासले समस्या उत्पन्न भएपनि सर्वसाधारणको समस्यालाई केन्द्रीत गरेर सवारी सञ्चालनमा ल्याउन लागिएको अरनिको यातायात समिती जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिए।

    जिल्लाभर छोटा दुरिका सार्बजनिक यातायात सन्चालनका लागि सामाजिक दुरि कायम राखी माक्स, सेनिटाइजरलगायतको सुरक्षा विधि अपनायर मात्रै सवारी चढ्न पाइने बताए।

    सरकारले लामो समयपछी बस सञ्चालन भएको र मापदण्ड पुरा गरी यात्रु बोक्नु परेकोले बसको भाडादर भने साबिकको भन्दा ५० प्रतिशतले वृद्धि गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस