२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

कार्यरत विद्यालय पुग्‍न नसके घर नजिकैको विद्यालयमा जानुपर्ने

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन ४, २०७७
    काठमाडौंः राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफू कार्यरत विद्यालय टाढा भएमा तथा लकडाउनका कारण पुग्‍न सम्भव नभएमा नजिकै रहेको विद्यालयमा काम गर्न पाउने भएका छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनमा समस्या भएका शिक्षकहरुलाई स्थानीय सरकारको समन्वयमा काम गर्न यस्तो वातावरणको व्यवस्था गरेको हो।

    मन्त्रालयले साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा सकेसम्म अनिवार्य पुग्नुपर्ने निर्णय पनि गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता दीपक शर्माका अनुसार अहिले अनिवार्य शिक्षक आफु कार्यरत विद्यालयमा पुग्नुपर्ने निर्णय नगरेको बताए।

    अनिवार्य शिक्षक पुग्नुपर्ने विषयमा कुरा उठे पनि अहिले यस विषयमा मन्त्रालयले छलफल गर्दै आएको उनले बताए। ‘सिकाई सहजीकरण निर्देशिकामा कुनै कारणवश विद्यालयभन्दा अन्यन्त्र शिक्षक भएमा आफ्नो विद्यालयमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको समेत प्रष्टाए।

    आफूले पढाएको विद्यालय टाढा भए आफू बसेको जहाँ नजिक विद्यालय छ। शिक्षकले त्यहाँको विद्यालयको सम्पर्कमा आउनुपर्ने छ। स्थानीय सरकारले त्यसमा सहजीकरण गर्नुपर्ने छ। तोकिएको काम शिक्षकले गर्नुपर्ने व्यवस्था छ’ उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस