२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

साउन ६ गतेबाट सार्वजनिक यातायात चल्ने

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन ४, २०७७

    चौताराः साउनको ६ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गर्ने तयारी भएको छ। चैत ११ देखिको लकडाउनपछि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन लागेको हो।

    मौद्रिक नीतिले यातायात क्षेत्रको अधिकांश माग सम्बोधन गरेपछि व्यवसायीले सवारी चलाउन तयार भएका हुन्। सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएन।

    व्यवसायिको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी भइरहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले बताए।

    दुई तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए । हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ । मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस