२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

प्रशासनले भन्याे: मनसुन सक्रिय छ, सचेत रहाैँ

  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन ३, २०७७
    चाैतारा: मनसुन थप सक्रिय भएसँगै साउन ४ गतेदेखि ८ गतेसम्म देशका धेरैजसो ठाउँमा हल्कादेखि सामान्य र केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । जसका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढेको छ ।

    यी पाँच दिनसम्म पर्ने पानीका कारण देशभरका ठूला नदीहरुमा जलसतह बढ्ने, साना नदीहरुमा समेत आकस्मिक बहाब बढ्ने तथा मनसुन सुरु भए यता हालसम्म परेको पानीले पहाडी क्षेत्रको भू-भाग गलिसकेको हुँदा पहिरो तथा भू-क्षयको उच्च जोखिम रहेको छ ।

    अत: नदी किनारा एवम् पहिरोको जोखिम रहेको क्षेत्र आसपास बसोबास गर्ने सम्पूर्ण सिन्धुपाल्चोकबासीलाई सचेत भइ सतर्कता अपनाउनुहुन र जोखिम आँकलन गरी अस्थायी रुपमा सुरक्षित स्थान वा आफन्तकोमा गई बस्न तथा बहुमुल्य वस्तुहरु सुरक्षित राख्न समेत अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएकाे छ।

    विपद्को समयमा गर्भवती/सुत्केरी महिला, बालबालिका, बिरामी, अशक्त/अपांगता भएका व्यक्तिहरु अझ जोखिममा पर्ने भएकाले उनीहरुको सुरक्षालाई विशेष ध्यान दिनसमेत सबैमा अपिल गर्दछौं भनिएकाे छ।

    साथै, जिल्लाका सबै स्थानीय तहहरु, सरोकारवालाहरु तथा सुरक्षा निकायहरुलाई विपद् जोखिम न्युनीकरण कार्यमा उच्च सतर्कता अपनाउन अनुरोध गर्दै सर्वसाधरणहरुलाई कतै समस्या पर्ने देखिएमा/ परेमा नजिकैको सुरक्षा निकायमा खबर गरिदिनुहुन समेत अनुरोध छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस