२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

बाढी पहिरो पीडितलाई प्रदेश सरकारले घर बनाइदिने

  • २०७७ श्रावण ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन ३, २०७७
    चाैतारा: सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्ण रुपमा क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्ने  भएको छ ।  बागमती विपद व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउने बताए ।  समितिले बारबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

    सो रकमबाट स्थानीय तहले कार्यविधिअनुसार राहत, घाइतेको उपचार, पुनस्थापनालगायत काम गर्न सक्नेछ । यस्तै यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराईने समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस