२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

मेलम्ची खानेपानी सुरुङ फुट्दा गाडि सहित २ जना बेपत्ता

  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेति असार

    हेलम्बु /मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता हुनुकाे साथै दुइ जना घाइतेे भएकाछन् ।

    आज (मंगलबार )बिहान १२ बजे पानी भरिएकाे सुरुङकाे गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएकाे त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए ।

    मेलम्ची  सुरुङकाे १७ नम्बर गेट  फुटेपछि आएकाे बाढीमा परि सिनाे मेलम्ची  खानेपानीका इन्जिनियर शेखर खनाल र कन्सलटेन्सिका  पेम्बादाेर्जे लामा घाइते भएका छन् । बाढिले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएकाे छ । क्षतिकाे थप बिवरण अाउन बाँकी छ । मेलम्ची खानेपानी अायाेजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस