२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

हेलम्बुको अग्रसरताः आगामि आर्थिक बर्षको विकास बजेट खर्च गर्ने अख्तियारी

  • २०७७ अषाढ २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • असार २८, २०७७
    हेलम्बुः सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाले आगामि आर्थिक बर्षको बजेट खर्च गर्न दिने अख्तियारी दिएको छ। शुक्रबार एक सुचना निकाल्दै गाउँपालिकाले आगामि आर्थिक बर्षको खर्च गर्न पाउने जानकारी गराएको हो।

    आगामी आर्थिक बर्ष २०७७।०७८ को बार्षिक विकास कार्यक्रमलाई आर्थिक ऐन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ऐन बमोजिम तयार गरिएका नियमावली, मापदण्ड तथा निर्देशिकाहरुको अधिनमा रहि खर्च गर्ने व्यवस्थाको लागि अख्तियारी दिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन्।

    उनले शुक्रबार प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको बारे लिखित जानकारी गराइएको हुन्। स्थानीय सरकार सञ्चालन ऐनमा बजेट सभामा स्वीकृत भएको एक हप्तामा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ ।

    सिन्धुुपाल्चोक १२ वटा स्थानीय तहमध्ये हेलम्बु गाउँपालिका विकास निर्माणको क्रममा अग्र स्थानमा देखिदै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस