२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

राहत र उद्धारका कुनै कमी हुने छैनः सभामुख सापकोटा

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असार २६, २०७७
    चौताराः सभामुख अग्निप्रसाद सापकोटाले बाह्रबीसे ५ जम्बुका बाढी पीडितहरुका उद्धार र राहतमा कुनै कमी आउन नदिन बताएका छन्। भोटेकोसी बाढीबाट क्षेतिग्रस्त क्षेत्रको अवलोकन गरेर चौतारामा आइपुग्नु भएको सभामूख सापकोटाले पत्रकारहरुसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन्।

    जम्बुलगायतका बाढीग्रस्त क्षेत्रको स्थिति भयाभव भएको बताउनु हुँदै विस्थापित र पीडितहरुका लागि तत्काललाई राहतको प्रवन्ध मिलाइ सकेको बताए। बेपत्ता हुनेहरुको खोजी कार्य तीव्र पारिएको बताउनु हुँदै घाइतेलाई उपचारार्थ हेलिकप्टरमार्फत राजधानी लगिएको जानकारी दिए।

    बर्सेनी बाढी पहिरो जस्तो प्राकृतिक विपत्ति झेलिरहेको सिन्धुपाल्चोकलाई विपत्ति रोकथामका लागि आफूहरु दीर्घकालीनरुपमै योजना बनाएर अगाडि बढ्ने पनि जनाए।

    तिव्वतस्थित हिमताल फुट्न सक्ने सूचना आफूले पाएको बताउनु हुँदै सभामुख सापकोटाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्ण सर्तकता अपनाउन आग्रह गरे।

    गएराति जम्बुस्थित ठाडो खोलामा बाढी आउँदा दुईजनाको ज्यान जानका साथै १८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य र उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस