२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भूकम्पपछि तातोपानी नाकाबाट साढे आठ अर्बको आयात

  • २०७७ अषाढ २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार २४, २०७७
    तातोपानीः २०७२ सालमा भएको विनाशकारी भुकम्पपछि नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । भूकम्पपछि बन्द रहेको नाका २०७६ जेठ १५ गते सञ्चालनमा आएको थियो ।

    गत जेठ १५ पछि आठ अर्ब २० करोड मूल्य बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। पछिल्लो दुई महिनायता सबैभन्दा बढी रकमको सामग्री भित्रिएको बताए।

    कोरोेना भाइरस प्रतिरोधी स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, तयारी पोसाक, लत्ताकपडा, स्याउ, लसुन, कृषि उपकरण, बीउबिजन लगायतका सामग्री नेपाल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।कोरोेना परीक्षण गर्ने पीसीआर मेसिन, भीटीएम किट्स, भेन्टिलेटर, पीपीई सेट, एन ९५ माक्स, सेनिटाइजरजस्ता स्वास्थ्य सामग्री नेपाल आयात भएको प्रमुख खत्रीले बताए।

    नाकाबाट ११ करोडभन्दा बढी मूल्यको स्याउ, लसुन, साढे चार करोडभन्दा बढीको धानको बीउ, एक करोडभन्दा बढीको कृषि उपकरण, ५० लाख बराबरको एम्बुलेन्सजस्ता सामग्री पनि आयात भएको जनाएको छ। नाकाबाट आयात निरन्तर भइरहेको समेत बताए।

    जेठ १५ गतेपछि सो नाकाबाट कारोबार हुँदा चालू आर्थिक वर्षमा एक अर्ब ३४ करोड ८६ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो। भूकम्पअघि तातोपानी नाकाबाट दैनीक दुई करोड बढी राजस्व संकलन गर्ने गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस