असार २४, २०७७
सिन्धुपाल्चोकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका छन्।
उनले सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कोेरोना नियन्त्रणमा पुर्ण रुपमा असफल भएको दाबी गरेका छन्।
सरकार मानवीय संवेदनालाई विर्सेर आन्तरिक शक्ति संघर्ष र भ्रष्टाचारमा गर्नमा लिप्त भएको आरोप लगाए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले गाउँपालिका बासीका हितमा नीति तथा कार्यक्रम र बजेट ल्याइएको उल्लेख गरे।
४० करोड ४४ लाख बजेट
सोमवार गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत र बजेट सार्वजनिक गर्दै आउँदो आर्थिक वर्षका लागि ४० करोड ४४ लाख ३९ हजार ३६० रुपैयाँको बजेट ल्याएको छ।
सुनकोसीले ६ करोड १० लाख चालुतर्फ र पूँजीगततर्फ १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले वडागत योजनाका लागि तीन करोड ७८ लाख बजेट छुट्टयाएको छ ।
सुनकोसीले कोरोना नियन्त्रणका लागि ५० लाख, विपद व्यवस्थापनमा ५० लाख, कृषिमा आधारित युवा स्वरोजगार कार्यक्रममा ४० लाख, महिला सीप विकास र लघु उद्यममा १० लाख छुट्टयाएको छ ।
प्रतिक्रिया दिनुहोस