असार २४, २०७७
चौताराः सत्तारुढनेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तिव्र विवाको कारणले पार्टी विभाजनको संघारमा पुुगेको अवस्थामा पार्टी एकता जोगाउनका लागि भातृ संगठनहरुले खबरदारी गरेका छन्।
पार्टी एकता विभाजन हुनबाट रोक्नका लागि भातृसंगठनहरुले नेकपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष झम्क नेपाल, पूर्व सांसद सुवास कर्माचार्य, नेकपा नेता सोम सापकोटालगायतलाई ज्ञापनपत्र बुझाएका छन्।
राष्ट्रिय युवासंघ नेपाल, प्रेस संगठन नेपाल, अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला नेतृत्वलाई पार्टी एकता कायम राख्नको लागि दबाव दिनका लागि ज्ञापनपत्र बुझाएका हुन्।
पार्टी विधान, विधि र मूल्यअनुरुप संस्थागत रुपमा चल्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस