२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्ची खानेपानी आयोजनाप्रति जनप्रतिनिधि रुष्ट

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार २२, २०७७

    मेलम्चीः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाविरुद्ध स्थानीय जनप्रतिनिधि असतुष्ट भएका छन्। आइतबार भएको मेम्चीको पानी मूख्य सुरुङमा हाल्ने कार्यक्रमको समेत जानकारी नगराएको भन्दै जनप्रतिनिधिहरु असन्तुष्ट भएका हुन्।

    सोमबार एक विज्ञप्ती निकाल्दै हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले ध्यानाकर्षण जनाएकाछन्। आफ्नो क्षेत्रमा रहेको पानी काठमाडौँ लैजानको लागि सुरुङमा हाल्दा समेत आफुहरुलाई आयोजनाले जानकारी नदिएको भन्दै आक्रोस पोखेका छन्। मेलम्ची खोलाको पानी सुरुङमा हालेको कुरा सञ्चारमाध्यमबाट जानकारी भएकाले स्थानीय जनप्रतिनिधिहरु रुष्ट भएका हुन्।

    नेपालको संविधानको धारा २३२ ले सुनिश्चित गरेको तीनै तहको सरकार बीचको सम्बन्धको सिद्धान्तमा आधारित हुने भन्ने कुराको विपरित भएको र स्थानीय सरकारलाई वेवास्था गरेको प्रति हेलम्बु गाउँपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तमा उल्लेख गरिएको छ। राष्ट्रिय गौरवको आयोजनामा स्थानीय सरकार र स्थानीयबासीलाई निरन्तर संलग्न नगराउने कार्यप्रति घोर आपत्ति समेत जनाएको छ।

    आइतबार आयोजनाको सुरुङ परिक्षणको लागि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानबाट पानी सुरुङमा हालीएको थियो। मेलम्ची प्रभावित क्षेत्रका जनप्रतिनिधि , जिल्लाका राजनितिक दल, सरोकारवाला निकाय कसैलार्इ थाहा नदिइ पुजाआजा र तामझामकासाथ प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले स्विच अन गरि पानी सुरुङ प्रवेश गराएका थिए।

    उद्घाटनको मिति तय गर्न मात्र बाँकी छः मन्त्री मगर

    मुहानमा स्विच अन गरेपश्चान् खानेपानी मन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमाडौँवासिको प्रतिक्षाको घडी सकिएको बताएको थिइन्। उनले चाडै मेलम्चीको पानी काठमाडौँका धारामा खस्ने बताइन्। मेलम्चीको पानी वितरणका लागि अव उद्घाटनको मिति तय गर्न मात्रै बाँकी रहेको प्रष्टाइन्।

    पानी हालेपछि पछि त्यहाँका देव देवता नरिसाउँन भनेर कालो बोको भोग दिनुको साथै ब्राह्मण र लामालाई पुजा गर्न लगाएको थियो। पूर्वतयारीको साथ गरिएको कार्यक्रममा सरोकारवाला निकाय कसैलाइ थाहा नदिएपछि त्याहाँका जनप्रतिनिधिहरुले समेत आपत्ति जनाएका छन्।

    जनप्रतिनिधिको अपमान भयोः मेयर अर्याल

    प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई वेवास्ता गरि आयोजनाले आफुहरुको अपमान गरेको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले बताए। पानी सुरुङ हाल्ने कार्यक्रममा त्यहाँका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरु पनि उपस्थित भएको भए के आयोजनाको के बिग्रन्थ्यो? मेयर अर्यालले प्रश्न गरे।

    स्थानीय चिन्तित

    स्थानीय सरोकार समिति (ह्यासिमेस) का अध्यक्ष उपेन्द्र तामाङले आयोजना पक्षले प्रभावितले पाउने लेवि र खोलामा छाडिने पानीको मात्रा तत्काल किटान गर्नुपर्ने बताए। ह्योसिमेसका उपाध्यक्ष चिरन तामाङ मेलम्ची आयोजनाले स्थानीयको जायज मागलाइ तत्काल सम्बोधन नगरे स्थानीय चुप लागेर नबस्ने जिकिर गरे।

    मेलम्ची खानेपानी काठमाडौं लगे पश्चात् हिंउदको समयमा त्यहाँका, खेतियोग्य जमिन बाँझो रहने स्थानीयले गुनासो गरेका छन्। त्याहाँका ट्राउड माछा पालन व्यवसाय, माछा मारेर जिविकोपार्जन गर्ने समुदाय, पानी घट्ट लगाएका व्यवसाय धरापमा पर्ने भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस