२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

मेलम्ची बजारमा सि सि क्यामेरा जडान

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार २२, २०७७
    मेलम्चीः सिसि क्यामेराको ब्यबस्था नहुँदा विभिन्न समयमा असुरक्षित बनेको मेलम्ची बजार क्षेत्रमा आज सिसि क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षा संवेदनशीलता लाई मध्येनजर गर्दै क्यामेरा जडान गरिएको हो।

    इलाका प्रहरी कार्यालयमा २ वटा र अरु बाँकी खानेपानी कार्यालय देखी बजार आसपासमा जडान गरिएको मेलम्ची नगर पालिकाका प्रमुख डम्बर अर्यालले बताए।

    १३ वटा उक्त सि सि क्यामेरा जडानमा मेलम्ची नगरपालिकाले दश लाख रुपैयाँ र उपभोक्ता समितिबाट रु साठ्ठी हजार रुपँैया गरी दश लाख साठ्ठी हजार रुपैँया लागतमा जडान गरिएको उपभोक्ता समितीका संयोजक गुणनिधि दुलालले जानकारी दिए।

    सि सि क्यामेरा भएपछि सुरक्षा व्यवस्थापनमा सजिलो हुने ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल ब तामाङले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस