२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ४ साल अघि
  • असार २१, २०७७
    मेलम्चीः मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको हो।

    काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको आयोजनाले जनाएको छ। हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले बताए। मेलम्चीको सुरुङ निर्माणको काम सकिएको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस