२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

पाँचपोखरीले गर्यो गाउँपालिको विकास र सम्भावनाबारे छलफल

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ४ साल अघि
  • असार २१, २०७७
    मेलम्चीः पाँचपोखरी थाङपाल गाउँपालिका हालसम्म गरेका विविध कार्यहरु निर्माण गरेका ऐन नियम कार्यविधिहरु रचनात्मक कार्यहरु गत आर्थिक वर्षका विविध सृजनात्मक रचनात्मक कार्यहरु को समीक्षा सहित छलफल गरेको छ।
    आगामी आर्थिक वर्षको नीति कार्यक्रम बजेट माथिको छलफल गर्दै सम्भावना र चुनौतीबारे छलफल गरेका हो।

    छलफल कार्यक्रममा राष्ट्रिय परिषदका प्रशासकीय प्रमुख डा बाबुराम ढुङ्गाना गाउँपालिकाका अध्यक्ष टासी लामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला वडाध्यक्षहरु विषयका शाखाका प्रमुखका उपस्थित रहेको थियो।

    छलफलमा गाउँपालिका अध्यक्षले भावी योजना र उपलब्धि सहितको संक्षिप्त समीक्षात्मक विचार राखेका छन्। विविध विषयहरुलाई समेट्दै बजेटको कार्यान्वयन र गत आर्थिक वर्षको समीक्षा सहित प्रमुख प्रशासकिय अधिकृतले अस्पष्ट र तथ्यपरक भएको विचार राखेका छन्।

    युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानाले समग्र गाउँपालिकाको विषयवस्तुको मूल्यांकन गर्दै युवा परिषद्ले खेल्ने भूमिकाबारे पाँचपोखरी थाङपाल गाउँपालिका लाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    केके बिषयमा भए छलफल?

    १) नीति कार्यक्रम बजेटका प्रमुख प्राथमिकताहरु बारे
    २) कोरोना संकटले निम्त्याएको स्वास्थ्य तथा शैक्षिक र पर्यटन विकास को संकटबारे
    ३) सलहको समस्याहरु र कृषि उत्पादन बारे
    ४) आर्थिक वर्षको उपलब्धी र प्रशासनिक गतिविधिबारे बारे
    ५) भौतिक पूर्वाधार निर्माण (सडक पुलपुलेसा, कृतिम झरना,स्वागतद्वार लगायत विविध)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस