२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

बझाङमा पहिरोः ४ जनाको शव भेटियो, ३ बेपत्ता

  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार २०, २०७७

    चौताराः अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाको केदास्यू गाउँपालिका ८ स्थित मल्लेस गाउँका १७ वटा घर बगाउँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब एक बजे गाउँको माथिबाट पहिरो खसेपछि गाउँका १७ वटा घर बगाएको हो।

    गाउँमा पहिरो गएको जानकारी पाएपछि नेपाल प्रहरी,र ससत्र प्रहरी वलका सुरक्षाकर्मी घटनास्थल पुगी पहिरोमा पुरिएका ४४ वर्षिया राम देवी जेठारा ७ वर्षिया अस्मिता जेठारा, र ११ वर्ष प्रयाग जेठाराको शव उद्दार गरिएको छ। भने बेपत्ता भएका अन्यको खोजउद्दार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

    पहिरोमा परी वर्ष ४४ का राम देवी जेठारा, उहाँकी १५ वर्षिया छोरी शान्ति जेठारा, ७ वर्षिया छोरी अस्मिता जेठारा, ११ वर्ष छोरा प्रयाग जेठारा, छिमेकी नवराज जेठारा का ११ वर्षिया छोरी सन्तु जेठारा, छिमेकी प्रेम जेठाराका २० वर्षिय छोरा गिरिजा जेठारा र ८० वर्षिय दले जेठारा जेठारा बेपत्ता भएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस