असार २०, २०७७
चौताराः चौतारा साँगाचोकगढी नगरपालिका भिमटारको माझि बस्ती आएको श्वेता श्री फाउण्डेशनलाई पाँच लाख सहयोग मिलेका छ। सनराइज बैंकले फाउण्डेशनलाई पाँच लाख सहयोग गरेको हो।
बैंकले जारी गरेको विज्ञप्तिमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी संस्थालाई सहयोग गरेको हो । आज एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक हस्तान्तरण गरे ।
प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने उल्लेख गरे । नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकामा बैंकलाई धन्यवाद दिए ।
संस्थाले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुनदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कूल ५३ आधुनिक र सुविधा सम्पन्न घर निमार्ण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस