असार १९, २०७७
काठमाडौंः सत्तारुढ नेकपामा चलिरहेको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ।
तीन घण्टा लामो छलफलमा बिना निष्कर्ष टुंगीएको छ। दुई नेताहबीचको वार्तामा सकारात्मक भएको दाबी गरेपनि सहमति जुटेको नसकेको हो।
वार्तामा पार्टीका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। वार्तामा सहभागी पौडेलले तत्कालीन एमालेको तर्फबाट साक्षीको रुपमा हस्ताक्षर गरेका थिए भने र शर्माले तत्कालीन माओवादी केन्द्रबाट हस्ताक्षरका साक्षी हुन्।
पौडेल र शर्मा पनि सहभागी भएपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको थियो। तर दुई अध्यक्षले ठोस निर्णय भने गर्न सकेनन्।
प्रतिक्रिया दिनुहोस