२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्चीमा सलहः समातेर ल्याउनेलाई प्रतिकेजी २ सय दिने

  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असार १९, २०७७

    मेलम्चीः भारतबाट तराइका जिल्ला हुदै नेपाल प्रवेश गरेका सहल सिन्धुपाल्चोक मेलम्ची नगरपालिकासम्म आइपुगेको छ। सलह नियन्त्रणका लागि नगरपालिकाले समातेर ल्याउनेलाई प्रतिकेजी दुई सय रुपैयाँ दिने निर्णय समेत गरेको छ।

    मेलम्ची नगरपालिका ९ मा सानो समूहमा सहल देखा परेका स्थानीय चिनबहादुर तामाङले जानकारी दिए। थोरै संख्यामा आइपुगेको सहलले बाली खान थालेको उनले बताए। स्थानीयवासीहरु सहल लखेट्न तथा संकलन गर्न जुटेको समेत जनाए।

    प्रतिकेजी दुई सय
    सैबीच मेलम्ची नगरपालिकाले सहल संकलन गरेर ल्याउनेलाई प्रति केजी २ सय दिने निर्णय गरेको छ । विषादी छर्केर वा कुनै पनि तरिकाले सहल भगाउन कृषि शाखा सक्रिय रहेको कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारी दिए।

    किसानहरुका बाली क्षति हुन नदिनका लागि नगरले सक्रियताका साथ काम गरिरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए। यसअघि मेलम्ची भेगमा थाङपालधाप, पाल्चोकमा पनि सहल देखिएको थियो ।

    सलह सिन्धुपाल्चोकमा देखा परेपछि स्थानीय सलह नियन्त्रणमा जुटेका छन्। यसअघि जुगल गाउँपालिकाले प्रतिकेजी एक सय र त्रिपुरासुन्दरी गाउँपालिकाले ६० रुपैयाँ दिने निर्णय गरेको थियो। सलकको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय तहले पाकेको बाली भित्राउन समेत किसानहरुलाई आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस