२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

संघीय संसदको बर्खे अधिवेशन अन्त्य

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार १८, २०७७
    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।

    यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

    संसदमा नागरिकता, निजामती सेवासम्बन्धी विधेयक, अमेरिकी परियोजना एमसिसी लगायत विचाराधिन अवस्था छ। कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस