२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सलह नियन्त्रणमा स्थानीय सरकारः प्रतिकिलोको ६० देखि १०० रूपैयाँ दिने निर्णय

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार १८, २०७७
    चौताराः दक्षिणबाट उत्तरतर्फ चलेको हावाका कारण भारतबाट नेपालमा छिरेको सलहको समूह तराईका जिल्ला हुदै सिन्धुपाल्चोक जिल्ला सम्म आइपुगेको छ। सलह सिन्धुपाल्चोक आएसँगै सिन्धुपाल्चोकका स्थानीय तह सलह नियन्त्रणमा जुटेका छन्।

    शनिबार दिउँसो तराई मधेसका बारा, पर्सा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा देखिएको सलह कीराको मंगलबार सिन्धुपाल्चोक आइपुगेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका र पाँचपोखरी थाङपाल गाँउपालिकाका लगायत विभिन्न स्थानमा सलह किरा देखापरिसकेको छ।

    सलह किराको आएपछि नियन्त्रण गर्न स्थानीय सरकारले समातेर ल्याउनेलाई ६० देखि १ सय रूपैयाँसम्म दिने निर्णय गरेका छन्। जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले सलह समातेर ल्याँउने किसानहरूलाई प्रतिकिलो १ सय रूपैयाँ दिने बताए।

    यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले भने सलह समातेर ल्याउने किसानहरूलाई प्रतिकिलो ६० रूपैयाँ प्रदान गरिने जनाए।

    जिल्लामा सलह किरा प्रवेश गरेपछी त्यसलाई न्यूनीकरण र रोकथामका लागि १२ वटै स्थानीय तहले विभिन्न तरीक अवलम्बन गरिरहेका छन्। किसानहरूलाई सचेत समेत आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस