२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

आईसियूमा देश

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार १७, २०७७
    सुष्मा तिमल्सिना

    यिनीहरु का छाती मा
    न भित्र सम्म सुस्ता दुख्छ
    न यिनीहरु का आँखा बाट
    महाकाली बग्छिन्
    तर टाँसेर
    भित्ता मा देश
    विज्ञापन गर्छन्
    राजनीति को ।
    सुन्छु क्वारेन्टिन मा
    काडाहरू ले चिथोर्छन् रे
    राती राती अदना का शरीर लाई
    गिथोल्छन् रे
    पिउने पानी को सुबिधा नभएको ठाँउ मा
    जीवनजल कहाँ बाट मिल्थ्यो?

    अचानक देश लाई क्वारेन्टिन बाट
    आइसोलेशन मा सारेपछि
    भोग्दा भोग्दै
    अनेकौं पीडाहरू
    देश लाई रोगले लतारेको छ

    केही वर्ष देखि
    देश बिरामी परेर
    आईसियू मा छ
    अनगिन्ती नदिहरु मा
    वर्षौ देखि रगत बहेको छ
    आऊ देश लाई भेन्टिलेटर मा नसार्दै
    एक एक थोपा रगत चडाऊ
    देश लाई एनिमिया भएको छ

    बा ले भन्नुहुन्थ्यो
    छोरी देश बेचिसके
    भेष बेचिसके
    भाषा बेचिसके
    राता रात को सहमति मा
    अब नेपालीपन पनि बेच्न सक्छन्
    तिमी आफ्नो मुटु लाई टुक्रन नदिनु
    बरु सिङ्गै मुटु दिनु
    परिहाल्यो भने पनि
    देश का लागि हासिहासी चडाउनु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस