२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

यस्तो छ हेलम्बु गाँउपालिकाको सातौँ गाउँसभामा प्रस्तुत निति तथा कार्यक्रम (पूर्णपाठसहित)

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार १५, २०७७

    गाउँसभाका अध्यक्ष ज्यू गाउँसभाका सदस्य ज्यहरु ।

    हाल विश्वभर फैलिएको नोभेल कोरोना भाईरस (कोभिड १९) को महामारी बाट नेपाल पनि अछुतो रहेन, यसबाट सिर्जित विषम परिस्थितिका कारण हाल हाम्रा विकासका प्रयासहरु आंशिक रुपमा अबरुद्ध भई आर्थिक तथा मानविय संकट उत्पन्न हुन पुगेको छ । यस जटिल परिस्थितिमा उच्च मनोबलका साथ कोरोना संङक्रमण, रोकथाम तथा नियन्त्रणको लागि अग्रपङ्तिमा रही अनबरत रुपमा खटीरहनु भएका स्वास्थ्य कर्मी, सुरक्षा कर्मि, कर्मचारी,सवारी चालक तथा जनप्रतिनिधीहरु प्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

    कोभिड १९ को संक्रमणलाई नियन्त्रणको लागि सरकारले अवलम्वन गरेको सामाजिक दुरी कायम गर्नु पर्ने बाध्यात्मक अवस्थाले स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाईहरुमा परेको असहजता प्रति हेलम्बु गाउँपालिका स्थानिय सरकारको तर्फबाट दुःख व्यक्त गर्दछु । यस महामारीबाट स्वदेश तथा विदेशमा ज्यान गुमाउनु भएका नेपाली दिदी बहीनी र दाजुभाईहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।

    हेलम्बु गाउँपालिकामा उपलब्ध सिमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमुना गाउँको परिकल्पनालाई साकार पार्न अनबरत रुममा खटिरहेको अवस्थामा विश्वव्यापी रुपमा फैलिन गएको नोभेल कोरोन भाईरस (कोभिड १९) को माहामारीले हाम्रो समृद्धिको यात्रामा केही अबरोध सिर्जना गर्यो । विद्यमान अवस्थामा हामीले यो माहामारीबाट गाउँ बासी दिदीबहीनी दाजुभाईको जिबन रक्षा गर्नुलाई नै पहिलो प्राथमिकता ठान्यौ । तसर्थ विकासका अन्य प्राथमिकताहरुलाई पुनराबलोकन गर्दै माहामारी विरुद्धको अभियानमा उपलब्ध सबै साधन श्रोतको यथोचित परिचालन गरिरहेका छौ । यस महामारी विरुद्धको संघर्षकै विचमा पनि आम गाउँबासीहरुको दैनिकी सहजताको लागि अधिकतम प्रयत्नशिल छौ ।

    हामीलाई थाहा छ कोराना भाईरस (कोभिड १९) को महामारीले विश्वव्यापी अर्थतन्त्र नै खलबलिएको छ । हाम्रा उत्पादन आपुर्ति र वितरणका श्रृङखलाहरुमा विचलन पैदा भएको छ । यसको रोकथाम नियन्त्रणका लागि घोषणा गरिएको बन्दाबन्दीका कारण उद्योग व्यवसाय, कलकारखाना, व्यापार, कृषी क्षेत्रमा गम्भीर प्रभाव परेको छ। रोजगारीका अवसरहरुमा भएको भारी गीरावट ले विषेश गरी असंगठीत क्षेत्रमा कार्यरत मजदुरहरुको अवस्था दयनिय बन्दै गएको छ ।

    रोजगारीका अवसर खोज्दै देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका दाजु भाई तथा दिदी बहिनी घर फर्केने चाप बढे संगै स्थानीय स्तरमै रोजगारीका अवरहरु थप सिर्जना गर्नु पर्ने बाध्यात्मक स्थिती हामीमा सिर्जना भएको छ। बन्दाबन्दीले सिङ्गो समाज नै राहत र पुर्नस्थापनाको पर्खाइमा छ । हाम्रो वित्तिय क्षमता कमजोरी रहेको व्यहोराको वावजुत पनि जनताको सबै भन्दा नजिकको सरकार भएको नाताले अभिभाकत्व र संरक्षकत्व प्रदान गर्नु पर्नेमा यस हेलम्बु गाउँपालिका जिम्मेवार रहेको व्यहोरा जानकारी गराउदछौ ।

    सभाध्यक्ष ज्यू

    पृष्ठभूमि,

    सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित यस हेलम्बु गाउँपालिका साविकको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरि ५ वटा गा.वि.स. मिलाएर हेलम्बु गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको अधिकाशं भू–भाग पहाड र सुन्दर डाँडापाखाले भरिएको छ भने यस गाउँपालिकाको क्षेत्रफल २८७.२६ वर्ग कि.मी रहेको छ २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १७६७१ रहेको छ । यस गाउँपालिकाको पूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका पश्चिममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका र रसुवा जिल्ला उत्तर पाँचपोखरी थाङपाल र रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका र दक्षिणमा मेलम्ची नगरपालिका रहेको छ । साथै यस गाउँपालिका समुन्द्र सतहबाट करिब ९०० मिटर उचाई देखि ५००० मिटर सम्मको उच्च भू–भागमा पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणीय जुगल हिमालको सन्निकट आमा याङ्ग्रीको काखमा अवस्थित रहेको छ । माथिल्लो भू–भागमा ह्योल्मो, तामाङ गुरुङ लगायतका आदिवासी जनजाती र दलित समुदायहरुको बाहुल्यता रहेको र तल्लो बेसी भू–भागमा विशेष गरि खस, आर्य, र केहि दशनामी र दलित समुदाय जातिका ब्यक्तिहरुको बसोबास रहेको छ ।

    हेलम्बुको मात्र हैन देशकै गौरवको आयोजनाको रुपमा पहिचान बनाउँदै गईरहेको निर्माणाधिन हेलम्बु ग्रेट ट्रेल हाम्रो सिर्जना हो, शान हो र भविष्य पनि हो । साथै सुर्य सेँगेका पु रिग्जनी ठिन्ले दुझोम अर्यात रिग्जीन गोना नाङ्पा छेन्पो ले सन् १७२६–२७८९ ले आफु सहितको भिक्षु र गाउँलेहरुको यथासक्य हयोगमा योल्मो गाउँपामा षडाक्षरी धर्मचक्र पर्खाल बनाउनु भन्ने धार्मिक ग्रन्थको हिसावले पनि यस हेलम्बु ग्रेट टे«ल महत्वपूर्ण रहेको छ । घोप्टेघ्याङ–पाकेडाँडा–ठाडेपाटी–च्योछयादी सेमिसिदाङ–भेम्थाङ– ढुक्फु–आमायाङ्ग्री–ज्योमोथाङ–शेर्माथाङ–बुद्धपार्कसम्म करिव ६० कि.मी को दुरीमा गएर टुँंगीने यस आयोजनाको कुल लागत करिव चार अर्ब हुनेछ,जसका लागि स्रोत व्यवस्थापनमा सर्वपक्षिय सहभागीताको अपेक्षा राखिएको छ ।

    गोसाईकुण्ड,लाङटाङ राष्ट्रिय निकुञ्ज जस्ता महत्वपूर्ण पर्यटकीय स्थल नजिकबाट जाने ग्रेट ट्रेलकै बाटोमा लोपोन्मुख रेडपाण्डाको दृश्यावलोकन पनि गर्न सकिन्छ । चिनको ग्रेटवालको झल्को दिने आयोजनाको सम्पन्नता सँगै समग्र हेलम्बु र आसपासका वस्तीहरुको मुहार फेरिने अपेक्षा राखिएको छ ।

    आमायाङ्ग्री, घोदिज्यो, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, गुरु–रिन्पोन्छे, ककनी, कुटुमसाङ, गोल्फु भञ्ज्याङ, च्योमथली, घोप्टेघ्याङ, थालागाङ, पाल्चोकी माई लगायतका महत्वपूर्ण स्थल, गुम्बा, माने, मन्दिर आदिको अवलोकन गर्दा त्यहाँ पुग्ने जो कोहिको मनै लोभ्याउने हुन्छ । यहाँका विभिन्न समुदायको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरण र पर्यटकीय दृष्टिकोणले गर्दा यस क्षेत्र महत्वपूर्ण रही आएको छ ।

    बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य मुहानसँगै हेलम्बु काठमाडौँ सम्मको करिब २६.५ कि.मी.को मुख्य सुरुङ मार्ग यस गाउँपालिकाको भु–भागमा पर्दछ । गाउँपालिकामा मेलम्ची खानेपानी आयोजनाको मुहान र अन्य खोलाहरु, गोहोरेखोला, ग्याल्थुम खोला, तिम्बु खोला समेत गरि सा–साना ठुला खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पु¥याइरहेको छ । यस गाउँपालिकाको माथिल्लो क्षेत्रको अधिकांस भू–भाग वनजंगलले ढाकिएको छ भने पालिकाको हालका मुख्य व्यापारिक केन्द्रहरु ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायतका स्थानहरु हुन ।

    १.१. सवल पक्ष:

    • प्राकृतिक सौन्दर्यता र स्वच्छ वातावरण भएको ।
    •  ंधार्मिक विविधता तथा सांस्कृतिक सम्पदाहरु प्रसस्त भएको ।
    •  कृषि योग्य तथा उब्जाऊ भूमि भएको ।
    • पर्यटन व्यवसायको उच्चतम सम्भावन रहेको ।
    • राष्ट्रिय बहुचर्चित मेलम्ची खानेपानीको मुहान भएको ।
    • हिमाली जडिबुटीको स्रोत प्रचुर मात्रामा सम्भावना रहेको ।
    •  स्याउ खेती तथा रेन्वोट्राउट माछाको लागि परिचित रहेको ।
    •  हेलम्बु ग्रेट ट्रेल र नमूना विद्यालयको कार्य प्रारम्भ भएको ।
    •  विश्वको दूर्लभ रेडपाण्डा रहेको ।
    •  धार्मिक र पर्यटकीय क्षेत्र गुरु–रिन्पोन्छे, पद सम तपोभूमी रहेको ।
    •  मिलारेप्पा लगायत महत्वपूर्ण लामाहरुको
    • धार्मिक क्षेत्रको हिसावले पाल्चोकी माइ र माहाँकाली निन्देश्वरी मन्दिर रहेको ।
    •  गाउँपालिका भित्र विभिन्न समुदाय र संस्कृती अवलोकन गर्न सक्ने बस्ती रहेको ।
    •  यस गाउँपालिका भित्र विभिन्न स्थानमा ऐतिहासिक गुम्बाहरु रहेको ।

    १.२. दूर्वल पक्ष

    •  जटिल भौगोलिक अवस्थिती रहेको ।
    •  स्थानीय स्तरमा रहेको स्रोत साधनको समुचित प्रयोग हुन नसकेको ।
    •  ग्रामिण सडकहरुको अवस्था सुधारोन्मुख रहेता पनि बर्षा याममा यातायातमा केहि कठिनाई
      रहेको ।

    १.३. अवसर

    •  हेलम्बु, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चर्चित नाम हुनु नै एउटा सुनौलो सम्भावना र अवसर पनि हो ।
    •  प्राकृतिक स्रोत साधन, भु–बनौट र राजधानीसँगको निकटताले विकासको प्रवल सम्भावना
      रहेको ।
    •  कला संस्कृति, ऐतिहासिक सम्पदा, हावापानीको दृष्टिकोणले पर्यटन विकासमा अब्बल
      सम्भावना रहेको ।
    •  जलस्रोत, जडीबुटी, कृषि तथा वनको उचित प्रयोगबाट आर्थिक विकासको अवसर रहेको ।
    •  अविरल बगिरहने मेलम्ची नदि तथा अन्य सहायक खोलालाई सदुपयोग गरि स्थानीय स्तरमा आय आर्जन बढाउन सकिने ।
    •  स्याउ, आलु, चिया, अलैँची, किवि जस्ता तुलनात्मक लाभका नगदेवालीहरुको राम्रो उत्पादन हुने गरेको ।
    •  माछाजन्य उत्पादनले विशेष गरि ट्राउट माछामा आत्मनिर्भरका साथै निर्यात बढेको छ ।
    •  शैक्षिक क्षेत्रको विकासका लागि १ क्याम्पस ९ मा.वि. र २५ आधारभत तह साथै निर्माणाधीन नमूना विद्यालयलाई शैक्षिक हवको रुपमा विकास गरि साक्षरता अभिवृद्धि गर्न सकिने ।
    •  काठमाडौँबाट अति नजिकको दुरीमा रहेको पर्यटकीय गन्तव्य ।
    •  हेलम्बुमा पर्यटन प्रवद्र्धनको लागि यसै गाउँपालिकामा रहेको सेमीसिदाङमा स्की टे«निङ सेन्टर, गाउँपालिका भित्रका विभिन्न स्थानहरुमा क्यानोनिङ्ग र यसै गाउँपलिका वडा नं ६ घोप्टेघ्याङमा प्याराग्लाईडिङको विकास गर्न सकिने ।
    •  हेलम्बु गाउँपाकिलाकाको भेमथाङमा बेस क्याम्प स्थापना गरि नेपालमा हाल सञ्चालनमा आएको माउन्टेरिङ विद्यालयका विद्यार्थीहरुलाई टे«निङ गर्ने ठाउँको रुपमा विकास गर्न सकिने
    •  यस गाउँपालिका वडा नं १ स्थित ङिमादावा र पाङगाङमा मा निर्मित झोलुङ्गे पुललाई बञ्जीजम्पीङ्गको रुपमा विकास गर्न सकिने ।
    •  हेलम्बु ग्रेट टे«लको माध्यमबाट पर्यटन प्रवद्र्धनको लागि देशकै राजधानी काठमाडौँमा बसोवास गर्ने ५०–५५ लाख जनसंख्यालाई आन्तरिक पर्यटनको रुपमा वार्षिक १५ देखि २० लाख पर्यटकर्लाइ भित्र्याउन सक्ने सम्भावना रहेको हुनाले यहाँको जनताको आर्थिक स्तरमा परिवर्तन ल्याउन सकिने ।

    १.४. चुनौती

    •  सिमित स्रोत र साधनले शिक्षाको गुणस्तर अभिवृद्धि र साक्षरता दर बढाउनु पर्ने ।
    •  परम्परागत खेतीलाई व्यवसायीकरण र आधुनिकीकरणको रुपमा विकास गर्नु पर्ने ।
    •  कर्मठ युवाहरु विदेशीने प्रवृत्ति तथा बसाई–सराईलाई न्यूनीकरण गर्न आवश्यक योजना तर्जुमा गर्नुपर्ने ।
    •  पर्यटन प्रवद्र्धनको लागि आवश्यक प्रचार–प्रसार, भौतिक पूर्वाधार तथा तालिम प्राप्त जनशक्तिको व्यवस्थापन ।
    •  हेलम्बु क्षेत्रमा स्थानीय रुपमा उत्पादन हुने खाद्यान्न, नगदेवाली, दुग्धजन्य पदार्थ लगायतका वस्तुहरुको प्रचार प्रसार र बजार व्यवस्थापन ।
    •  भौगोलिक विकटताका कारणबाट सरकारले दिने सेवा सुविधा जनता समक्ष छिटो र छरितो
      रुपमा प्रवाह गर्न कठिनाई रहेको ।
    •  गाउँपालिका क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रभित्र पर्ने र अधिकांश भुभाग जंगली भेग भएको हुनाले जंगली जनावरको कारण बालीनाली नष्ट गर्ने र सो को संरक्षण गर्न कठिनाई रहेको ।

    १.५. बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि अपनाईएको पद्धति

    सहभागितामुलक गाउँपालिकाको योजना तर्जुमा पद्धति तथा लोकतान्त्रिक गणतन्त्रात्मक संघीयताको मर्म अनुरुप सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा आधिकारिक रुपमा सहभागिता गराई विकेन्द्रीकरणको माध्यमबाट आफ्नो विकास आफै गर्न आन्तरिक स्रोत साधनको पहिचान र परिचालन गर्न प्रत्येक गाउँ, टोल, बस्ती, वडास्तरीय भेला गराई विभिन्न स्थानीय वासी, बुद्धिजीवी, राजनीतिक दलहरु, विभिन्न संघ संस्था लगायत सम्पूर्ण सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावको आधारमा योजना तर्जुमा समिति, एकिकृत योजना तर्जुमा समिति हुँदै, समुदायका जनताको भावना र चाहना अनुरुप योजना तथा कार्यक्रमहरुलाई प्राथमिकिकरण गर्दै कार्यान्वयनका लागि गाउँपालिकाको योजना तथा कार्यक्रममा समावेश गरिएको छ ।

    स्थानीय जनताको प्रत्यक्ष संलग्नता र सहयोगमा स्थानीय सरकारका जनप्रतिनिधीहरुले आवश्यक योजना पहिचान, प्राथमिकिकरण, योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया अगाडि बढाएका कारण योजनाप्रति जनताको अपनत्वको भावना विकास भई योजनाले दिगोपन समेत हाँसिल गर्न सक्ने भएकोले यसै प्रक्रिया मार्फत नै सम्वृद्ध र देशकै नमुना गाउँपालिकाको परिकल्पना गरिएको छ ।

    १.६. आयोजना प्राथमिकिकरणका आधारहरु:

    नेपाल सरकारबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ बाट निर्देशित योजनाका प्राथमिकिकरणका आधार अनुरुप तयार गरि योजना तर्जुमा गरिएको छ ।

    •  भौतिक पूर्वाधार क्षेत्र सुधार कार्यक्रम
    •  पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिक संरक्षण सम्वद्र्धन कार्यक्रम
    •  गुणस्तरीय शिक्षा, शैक्षिक विकास तथा साक्षरता वृद्धि कार्यक्रम
    •  कृषि सडक तथा पर्यटन मार्गको स्तर उन्नती कार्यक्रम तथा आयोजनाहरु
    •  स्थानीय स्तरमा आर्थिक विकासको लागि सिपमूलक तथा रोजगार प्रवद्र्धन कार्यक्रम
    •  कृषि उत्पादकत्व र बजारीकरण बढाउने कार्यक्रम
    •  स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन
    • सामाजिक, राजनैतिक तथा आर्थिक हिसाबले पिछडिएको दलित, जनजाती, महिलाहरुलाई आयमुलक तथा सिपमूलक कार्यक्रम
    • जलस्रोत, व्यापार व्यवसाय सुधार कार्यक्रम
    • गैह्र सरकारी संस्थासंग समन्वय साझेदारी
    • गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम

    सभाध्यक्ष महोदय,

    खण्ड २
    चालु आ.ब. २०७६÷७७ को समिक्षा :

    अव म चालु आर्थिक वर्षको वर्तमान स्थिति बारे जानकारी गराउने अनुमती चाहान्छु । गत आर्थिक वर्षको हेलम्बु गाउँपालिकाको कुल बजेट ३५,३२,९८,००० (पैतीस करोड बत्तिस लाख अन्ठानब्बे हजार मात्र) रहेको थियो । त्यस मध्ये चालु तर्फ ६,०७,०२,०००।– (छ करोड सात लाख दुई हजार) र पूँजीगत तर्फ २९,२५,९६,००० (उनान्तीस करोड पच्चीस लाख छयानब्बे हजार) रहेका थियो । जसमध्ये हालसम्म ९५ प्रतिशत बजेट कार्यान्वयन भईसकेको छ ।

    यसरी पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चलाई हेर्दा उत्कृष्ठ रुपमा सन्तोषजनक रहेका छ । जिल्लामा पुँजीगत वा विकास बजेटको खर्च गर्ने क्षमतामा हेलम्बु गाउँपालिका अग्रस्थानमा रहेको छ । पूँजीगत र चालु दुवै तर्फको बजेटको खर्चले प्रशस्त रोजगारीका अवसरहरु सिर्र्जना भएको छ ।

    पर्यटन प्रवद्र्धनको सन्दर्भमा नेपालमा पहिलो पटक आउनु भएकी विश्व सुन्दरी श्री टोनी एन सिँग, मिस नेपाल अनुष्का श्रेष्ठ, श्रृङ्खला खतिवडा लगायत को टोलीले यसै हेलम्बु गाउँपालिका वडा नं ६ मा निर्माणाधीन रहेको हेलम्बु ग्रेट टे«ेल, नमुना विद्यालय र सोल्सिङका विभिन्न वस्तीहरु समेत भ्रमण गरि पर्यटकीय गाउँ हेलम्बुलाई विश्व सामु थप परिचित बनाउने कार्यमा मद्दत पुगेको छ । यस सन्दर्भमा विश्व सुन्दरी लगायत उक्त टोलिका सम्पुर्ण सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ ।

    चिनको वुहान शहरमा सन २०१९ डिसेम्बर ३१ बाट सुरु भएको नाभेल कोरोना भाईरसका कारण हुने कोभिड १९ यूरोप, अमेरीका, खाडी मुलुक, भारत हुँदै नेपाल भित्रिसकेको छ । यस विचमा हेलम्बु गाउँपालिकाले पनि यसको रोकथाम रोकथाम तथा नियन्त्रणका लागि प्रारम्भिक समय देखि नै नाकामा यात्रुहरुको स्वास्थ्य परिक्षण, हेलम्बु गाउँपालिकाबाट विभिन्न रोजगारी तथा पढाईको शिलशिलामा काठमाडौँ लगायत अन्य स्थानमा बसोवास गर्ने मानिसहरुलाई यातायातको माध्यमबाट गाउँपालिका सम्म ल्याउने व्यवस्था गरेको, नियमित स्वास्थ्य सेवाको सुदृढिकरण, स्वयं सेवक चिकित्सकहरुबाट घरघरमा स्वास्थ्य परिक्षण, गाउँपालिकाको स्वास्थ्य शाखाबाट नियमित चिकित्सकिय स्वास्थ्य सेवा, वैदेशिक यात्राबाट फर्किएका तथा शंकास्पद व्यक्तिहरुको च्म्त् परिक्षण, शंकास्पद विरामीहरुलाई सुरक्षित राख्नका लागि क्वारेन्टाईन स्थलको पहिचान तथा व्यवस्थापन, सुदृढ एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । यसका कारण यस गाउँपालिका भित्र बसोवास गर्ने तथा अन्य स्थानहरुबाट यस गाउँपालिका भित्र आउनु भएका कुनै पनि व्यक्तिमा हालसम्म कोरोना संक्रमण देखा परेको छ्रैन ।

    गर्भवति आमाहरुको सुत्केरी हुने परिपाटीमा थप सुधार देखिएको छ । गत आ.व मा माहाँकाल
    स्वास्थ्य चौकीमा १८ जना र इचोक स्वास्थ्य चौकीमा ५५ जना गरी जम्मा ७३ जना आमाहरु गाउँपालिका भित्र कै बर्थिङ सेन्टरहरुमा सुत्केरी भएका छन भने चालु आ.व को यस अवधी सम्ममा जम्मा १३४ जना आमाहरु हेलम्बु गाउँपलिकाकै प्रसुती केन्द्रहरुमा सुरक्षित सुत्केरी भएका छन् । जसले गर्दा घरमै हुने सुत्केरीका कारण हुने मृत्युमा उलेख्य कमी आएको छ । स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्दै आईरहेको आधारभुत स्वास्थ्य सेवाको सुदृढीकरणका लागि स्वास्थ्य केन्द्रका भवनहरुको पन निर्माणकार्य सम्पन्न भइ सेवाहरु सूचारु भएका छन् ।

    अत्यावश्यक औषधीको नियमित आपूर्ति, परिवार नियोजन सेवा तथा परामर्श, पोषण, खोप, गाउँघर क्लिनीकहरु नियमित र प्रभावकारी बनाइएको छ । स्वास्थ्य संस्थाको कार्यसम्पादनमा
    सहजीकरणका लागि स्वास्थ्य संस्था व्यवस्थापन समितिको सहमतीमा खर्च गन गरि स्वास्थ्य कन्दह्ररुमा केहि रकम विनियोजन गरि त्यसको प्रभावकारी कार्यान्वयनको थालनी गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप प्रोत्साहित गर्दै परिचालन गरिएको छ । स्वास्थ्य चौकीहरुबाट अनलाइन प्रतिवेदन सुरु गरिएको छ ।

    शिक्षा क्षेत्र सुधारको लागि गत आ.व मा हेलम्बु गाउँपालिका भित्र संचालन रहेको विद्यालयहरुको कर्मचारीको तलव समयमै निकाशा गरिएको, करार शिक्षक नियुक्ति कार्य सम्पन्न गरिएको, कक्षा ८ को परिक्षा व्यवस्थीत रुपमा सम्पन्न गरिएको, विद्यालयको अनुगमन निरीक्षण र सहजीकरण गरिएको, सामुदायिक विद्यालयहरुमा दिवा खाजाको मेनु वितरण गरि प्रभावकारी र मापदण्ड अनुरुप खाजा कार्यक्रम संचलान गरेको, नियमीत रुपमा प्र.अ बैठक बसी शैक्षिक विकासको निम्ती छलफल गरिएको, हेलम्बु गाउँपालिका वाल सञ्जालको २ वटा अन्तर विद्यालय प्रतियोगिता संचालन भएको, संघ संस्थाहरुसँग हार्द समन्वय गरि विद्यालयमा प्रभावकारी कार्यक्रम गराईको र विद्यालयगत सामाजिक लेखा परिक्षण समयमै सम्पादन गरिएको छ ।

    गत आर्थिक वर्ष देखि नै निर्माणाधीन रहेको हेलम्बु ग्रेट टे«ल हेलम्बु गाउँपालिका वडा नं ६ घोप्टेघ्याङमा १०५ मिटर निर्माण भएको र सो कार्यलाई निरन्तरता दिँदै यस आ.व मा यसै गाउँपालिकाको वडा नं ३ बुद्धपार्क बाट निर्माण कार्य भईरहेको र प्रदेश सरकारबाट प्राप्त रकमबाट हेलम्बु गाउँपालिका वडा नं २ शेर्माथानबाट पनि निर्माण कार्य भईरहेको छ ।

    हेलम्बु गाउँपालिकाको मुहानबाट लगिएको मेलम्ची (हेलम्बु) खानेपानी निकट भविष्यमा उपत्यका पुग्ने सुनिश्चितता बढ्दै गर्दा त्यसले हेलम्बुवासी र उपत्यका वासीहरुको पौराणिक काल देखि रहि आएका सम्बन्ध अझ प्रगाढ हुनेछ ।

    राजधानी काठमाडौँलाई चीनसँग जोड्ने बैकल्पिक मार्गको रुपमा विकास गर्नको लागि हेलम्बु गाउँपालिकाको सर्कथली देखि रसुवाको स्याफ्रुसम्म जोड्ने सुरुङमार्ग निर्माणको पूर्व सम्भाव्यता अध्ययन प्राविधिक कारणले हुन नसकेको हुनाले सो कार्यलाई यस आ.व मा उक्त सडकको ँष्कष्दष्ष्तिथ च्भउयचत तयार गर्ने कार्य अगाडि बढाईने छ । साथै हेलम्बु गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट प्राप्त विशेष तथा समपुरक अनुदान यस आ.व.को अन्त्य चैत्रमा मात्र प्राप्त भएकोले सो अनुदानबाट बहुवर्षिय प्रकिया अपनाइ हेलम्बु मोडल विद्यालय (ज्याम्बेयाङ आधारभूत विद्यालय), ५ र ६ नं वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगको र यस आ.व मा उ्रक्त कार्य सम्पन्न हुने प्रक्रियामा रहेको छ ।

    पूर्वाधार कार्यालय मार्फत निर्माण भईरहेको हेलम्बु गाउँपालिका वडा नं १ मा पर्ने चोक्पु खोलाको मोटरेवल पुल पनि तिव्र गतिमा अगाडि बढिरहेको तर यसै आ.व मा सम्पन्न गर्ने लक्ष्य लिएकोमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण उक्त कार्य सम्पन्न गर्न असहज भएको हुनाले आगामी आ.व मा उक्त कार्य सम्पन्न गन र यसबाट मेलम्चीघ्याङ वस्ती र मेलम्चीघ्याङ विद्यालय लगायतका स्थानहरुमा पर्यटन प्रवद्र्धनलाई समेट ठुलो टेवा पुग्ने अपेक्षा लिएको छ । साथै हेलम्बु गाउँपालिका वडा नं १ मै पर्ने ङिमा दावा पाङगाङ विचमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण कार्यलाई प्रदेशको पूर्वाधार विकास कार्यक्रममा समावेश गरि टेण्डर प्रक्रिया समेत सम्पन्न भईसकेको छ ।

    हेलम्बुबाट लाङटाङ जोड्ने हेलम्बु सेमिसिदाङ लाङटाङ पर्यटन मार्ग निर्माण कार्य सेमिसिदाङ सम्म गत आ.व मै सम्पन्न भएको र यस आ.व मा पनि पर्यटन मन्त्रालयबाट निरन्तर कार्यक्रममा समावेश भई टेण्डर समेत भईसकेको हुनाले यस आ.व मै लाङटाङ सम्म पर्यटन मार्ग निर्माण सम्पन्न हुने छ । यसले लाङटाङमा जाने पर्यटनहरु हेलम्बुमा आउने र हेलम्बुबाट लाङटाङ आवतजावतका लागि छोटो दुरी भएको हुनाले आवातजावतमा सहज भइ हेलम्बुको पर्यटन प्रवद्र्धनमा वृद्धि हुने छ ।

    कृषि विकास शाखा अन्तर्गत गाउँखेत गुफा डाडा गाउँखेत कृषक समूहमा तरकारी उत्पादनमा जोड दिनका लागि १४ वटा फलामे टनेल, अन्नपुर्ण कृषि सहकारीलाई माटो परिक्षणको सम्झौता अनुसार १३४ रोपनी क्षेत्रफलमा १०० वटा नमूना परिक्षण गराईएको, हेलम्बु गाउँपालिकाले अर्गानिक उपजलाई ध्यानमा राखेर भकारो सुधार कार्यक्रम राखी २० वटा फर्महरुलाई अनुदानमा सहयोग पुर्याएको,हिउँदे फलफुलको विरुवामा किवि जापानीज नस्पाती ओखर जातका विरुवाहरु ७५ प्रतिशत छुटमा २७०० वटा विरुवाहरु कृषकहरु लाई वितरण गरिएको, सिताके च्याउ खेति विस्तारका लागि वडा नं ३ मा व्यवसायीक फर्मलाई अनुदानमा ३ वटा फर्मलाई विउ उपलव्ध गराएको, चियाखेति विस्तार कार्यक्रम अन्तर्गत हेलम्बु वडा नं १ मा रहेको फुम्बुचे आमा कृषक समुहलाई २४००० वटा विरुवा उपलव्ध गराई रोप्न सुरु गरिएको जस्ता विभिन्न कार्यक्रम हरु यस आ.व मा गरिएको छ ।

    पशु विकास शाखा अन्तर्गत पशु पन्छी भ्याक्सिनेशन ९३३५, नश्ल सुधारका लागि क्रस जातको वोयर वोका अनुदान ९, पशु स्वास्थ शिविर २ दिन संचालन गरि १४१ जना सेवाग्राहीहरुले लाभ प्राप्त गरेको । छाडा कुकुरहरुको संख्या न्युन गर्नका लागि ३३ वटा पोथी, ४१ वटा भाले कुकुर स्थायी वन्ध्याकरण गरि रेविज रोग विरुद्ध खोप संचालन गरेको थियो त्यसै गरि पशु सेवा शाखामा मेडीकल सेवा तर्फ २७६५, गाईनोलोजि उपचार १५४ र माईनर सर्जिकल उपचार ३१ वटा पशुवस्तुमा सेवा संचालन भएको छ ।

    साथै हिमालि भागमा रहेको घुम्ति गोठमा पालिएका पशुवस्तुमा निःशूल्क विमा र पशुपालन व्यवासायमा समावेश भएको व्यवसायी फर्महरुमा विमा कार्यक्रम गर्दै आएकोमा उक्त कार्यलाई यस आ.वमा पनि निरन्तरता दिँदै लगिने छ ।

    सभाध्यक्ष महोदय,

    खण्ड ३
    आगामी आ.ब. २०७७÷७८ को नीति तथा कार्यक्रम

    ३.१. सोच:

    “हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण”, भन्ने संकल्प
    राखिएका छ ।

    ३.२. लक्ष्य:

    यस हेलम्बु गाउँपालिकामा आगामी वर्षमा हेलम्बु ग्रेट ट्रेल, मोडल विद्यालय जस्ता महत्वपूर्ण भौतिक पूर्वाधार, कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, उर्जा विकास तथा उद्यमशिलता विकास गर्ने लक्ष्य राखिएको छ । साथै पर्यटकीय दृष्टिकोणले हेलम्बु सेमिसिदाङ हुँदै लाङटाङ जाने पर्यटन मार्ग, हेलम्बु गाङ्जाला पास हुँदै लाङटाङको क्यान्जेन गुम्बा जाने पर्यटन मार्ग, हेलम्बु भेम्थाङमा बेस क्याम्प स्थापना गरि त्यस भेगमा स्की टे«निङ सेन्टर (क्पष् त्चबष्ललष्न ऋभलतभच) बनाउने लगायत महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

    ३.३. उद्देश्य :

    हेलम्बु गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने संकल्प अनुरुप क्षेत्रगत योजनाहरुलाई प्राथमिकीकरण गरि उपभोक्ताहरुसंग चैत्र मसान्त भित्रै सम्झौता गर्ने तथा कार्यान्वयनमा ल्याउने र स्थलगत अनुगमन तथा निरिक्षण गरि योजनाहरु समयमा नै सम्पन्न गर्ने उद्देश्य राखिएकोे छ ।

    ३.४ अपेक्षित उपलब्धी :

    यस हेलम्बु गाउँपालिकाको आ.व. २०७६÷७७ को बजेट तथा कार्यक्रमको जुन उद्देश्य राखि तयार गरिएको छ, त्यसलाई सार्वजनिक, सामुदायिक र निजी क्षेत्रको सहकार्यबाट हासिल गर्न अधिकतम पहल गरिने छ । सम्पूर्ण वडा कार्यालयहरु बाह्रै महिना सञ्चालनहुने सडक सञ्जालले जोड्न तर्फ विशेष पहल गरिने छ साथै सम्पूर्ण सरकारी कार्यालयहरुमा विद्युत र सञ्चारको व्यवस्था गर्ने तर्फ जोड दिईने छ ।

    सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त र जनमुखी हुने छ । फलफुल र तरकारी जन्य वस्तुका उत्पादनमा आत्मनिर्भरता तर्फ अगाडि बढाईने छ । जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराईने छ । निर्माण आरम्भ भएको हेलम्बु ग्रेट ट्रेल र नमुना विद्यालयले निर्माणमा तिव्रता प्राप्त गर्नेछ साथै उपरोक्त कारणहरुले गर्दा वार्षिक अधिकतम पर्यटकले हेलम्बु गाउँपालिका भ्रमण गर्न सघाउ पुग्ने छ ।

    ३.५ वार्षिक बजेट कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख आधारहरु

    ३.५.१. बजेट निर्माणका आधारहरु

    •  नेपालको मौजुदा संविधान
    •  स्थानीय सरकार सञ्चालनऐन
    •  चौधौँ आवधिक योजना
    •  जनसंख्या र भौगोलिक वनावट
    •  वस्ती स्तरबाट आएका मागहरु ।
    •  वडा स्तरबाट माग भई आएका कार्यक्रमहरु
    •  विषयगत समितिबाट सिफारिस भई आएका कार्यक्रमहरु
    • सरोकारवाला निकाय तथा समुहहरुसँग भएको छलफलबाट पाएका सुझावहरु 

    ३.५.२ बजेटका आर्थिक आधारहरु

    •  नेपाल सरकारबाट विनियोजित रकम
    • प्रदेश सरकारबाट प्राप्त हुने रकम
    •  राजश्व बाँडफाडबाट प्राप्त हुने रकम
    •  आन्तरिक स्रोत मार्फत संकलन हुने रकम
    •  विभिन्न गैर सरकारी संघ संस्थाबाट प्राप्त हुने सहयोग

    ३.६ मुख्य मुख्य आयोजना र क्रियाकलापहरुः

    हेलम्बु गाँउपालिकाको सातौँ गाउँसभामा आर्थिक बर्ष २०७७÷७८ को लक्ष्य, उद्देश्य, नीति एवं
    रणनीतिहरुलाई मध्यनजर गरि नीति तथा कार्यक्रम तयार गरिएको छ । योजनावद्ध विकास नै दिगा
    विकासको मुलभ आधार भन्ने सद्धौ न्तिक मान्यता अनरुु प आगामी आर्थिक बर्षका लागि
    गाँउपालिकाको निम्नानुसारको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

    १. हेलम्बु गाउँपालिका बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– ग mुपोखरी– जलंसा– दवालाङ्गगुफा– सेमिसिदाङ्ग– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङ सम्म हेलम्बु हिमालयन पदमार्ग, (त्जभ ज्भबिmदग ज्ष्mबबिथबल न्चभबत त्चबष्०ि निर्माण कार्य गत आ.व २०७५।०७६ मा यसै हेलम्बु गाउँपालिका वडा नं ६ घोप्टेघ्याङबाट १०५ मिटर निर्माण सम्पनन भईसकेको र चालु आ.व २०७६।०७७ मा वडा नं २ शेर्माथान बाट १०० मिटर प्रदेश सरकार र वडा नं ३ बुद्धपार्कबाट १०० मिटर गाउँपालिकाबाट निर्माण अवस्थामा रहेको हुनाले उक्त कार्यलाई निरन्तरता दिदै लगिने छ साथै छिमेकि गाउँपालिका, देशै भरि रहेका स्थानीय तहहरु, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका हेलम्बुवासी तथा अन्य सम्पूर्ण नेपालीहरुलाई पनि उक्त गौरवको आयोजनामा लगानीको हात बढाउन आह्वान गर्दछौँ ।

    स्थानीय सिप, ढुङ्गा र जनशक्तिबाट नै निर्माण भईरहेको ऐतिहासिक ग्रेट ट्रेल सम्पन्न गर्नको लागि काठमाण्डाँै उपत्यका भित्रका सवै महानगरपालिका तथा नगरपालिकाहरु, लगायत सम्पूर्णमा सहयोगको लागि आह्वान गर्दछौँ । साथै आ–आफ्नो लगानीमा बनेका पर्खालका क्षेत्रहरुमा ईतिहासलाई जिवित राख्न सम्बन्धित पक्षको नाम लेख्न सक्ने सुविधा समेत प्रदान गरिएको छ ।

    २. हेलम्बु गाउँपालिकामा पर्यटन तथा आन्तरिक स्रोत वृद्धि गर्नको लागि गाउँपालिका वडा नं १ ङिमादवा र पाङगाङमा पर्ने संभाव्यता अध्ययन गर्ने कार्यक्रममा राखिएकोमा गत आ.वमा प्रदेशको कार्यक्रममा समावेश भइ टेण्डर समेत भईसकेको ह ा उक्त पुल सम्पन्न भईसकपछिे स्थानीय स्तरको संयुक्त लगानीमा बञ्जीजम्पीङ निर्माण गरि पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने तर्फ विशेष जोड दिईने छ ।

    ३. गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रममा रहेको काठमाण्डौ हेलम्बु रसुवागडी फष्टट्रयाक मिलारेपा मार्ग (काठमाडौँ देखि हेलम्बु ५५ कि.मी र हेलम्बु देखि रसुवा स्याप्रुवेशी २५ कि.मी टनेल मार्ग) ९ःष्बिचभउब ःबचन० मित्र राष्ट्र चीनको इलभ द्यभति इलभ च्यबम जोड्ने उद्देश्य अनुरुप रसुवागडी हेलम्बु शुरुङ मार्ग हुँदै काठमाण्डौसंग जोड्ने छोटो फष्टट्रयाक निमार्ण गर्ने कार्य अनुरुप यस आ.व ँष्कष्दष्ष्तिथ च्भउयचत तयार गर्ने कार्य अगाडि बढिसकेको हुनाले उक्त कार्यलाई निरन्तरता दिँदै लगिने छ । यस मार्गलाइ रसुवा नुवाकोट र हेलम्बुलाई जोडि प्रदेश चक्रपथ ९च्ष्लन च्यबम० को रुपमा विकास गर्नको लागि विशेष पहल गरिने छ ।

    ४. हेलम्बु गाउँपालिकाको विभिन्न वस्तीहरुलाइ (पाल्चोक–ढोडेनी–चित्रे–नुर्वुलिङ–तिम्बु–आम्राङ, रिवर्मा ,तार्तुङ ठूलोदुंगा ढुङडिङ, इचोक ढापचुङ सुरसिं–पातिङ–थलडाँडा–बोल्दे–खरवुजे छाँजो–चित्रे गोम्देन) ङयाङला आनि आस्याङ कृषि सडक बाट गाउँपालिकाकोे खेतियोग्य भूभाग र वस्तीहरुलाई जोडिने छ र यसकार्यक्रमबाट थप खेतीयोग्य जमिनहरु पनि उपयोगमा आउने र सडक सञ्जाल समेत बृद्धि हुने भएकोले यसबाट पर्यटन प्रवद्र्धन र कृषि उत्पादन वृद्धि गराउन ठुलो योगदान पुग्ने अपेक्षा राखिएको छ । यसका लागि आवश्यक बजेटको ब्यबस्था गरिनेछ ।

    ५. हेलम्बु गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा यातायत सहजताका लागि यस गाउँपलिका भित्रका ग्याल्थुम–पाल्चोक वेशी– पाल्चोक देवीथान–ककनी– बुद्धपार्क– शेर्माथान–घ्याङग्यूल–तार्केघ्याङ– नाकोते–मेलम्चीघ्याङ÷घोप्टेघ्याङ÷घवागाङ–कुटुमसाङ–झोङेन–चित्रे– च्योमथली– मानेडाँडा हुँदै ग्याल्थुम लगायतका स्थानहरुलाई समावेश गर्ने गरि गाउँपालिका स्तरीय (Ring Road रेडपाण्डा मार्ग को डि.पि.आर सँगै निर्माण कार्य समेत अगाडि बढाईने छ ।

    ६. यस हेलम्बु गाउँपालिका क्षेत्रको पर्यटन विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ हेलम्बु गाउँपालिका भित्र पर्ने भेमथाङ लाई Mountaining Tranning Centre र सेमीसिदाङ लगायतका स्थानहरुमा क्पथ Sky training centre को रुपमा विकास गर्न आवश्यक कार्यको सुरुवात गरिने छ । साथै हेलम्बु र लाङटाङ क्षेत्रलाई एउटै पर्यटन जोनको रुपमा विकास गर्नको लागि हेलम्बु गाङजाला पर्यटन मार्ग, हेलम्बु सेमिसिदाङ लाङटाङ पर्यटन मार्ग र हेलम्बु गोसाईकुण्ड पर्यटन मार्ग निर्माण कार्य तिव्र गतिमा भईरहेको हुनाले यस कार्यलाई पनि निरन्तरता दिँदै लगिने छ ।

    ७. हेलम्बु गाउँपालिकाको समन्वयमा मेलम्ची हेलम्बु (मेलम्ची–हेलम्बु–तिम्बु–मेलम्छीमघ्याङ) र शेरा ग्याल्थुम गोल्फुभन्ज्याङ (ढुङ्ग्रेवजार–ग्याल्थुम–चित्रे–गोल्फुभन्ज्याङ)लगायतका सडकहरुलाई कालोपत्रे गर्ने कार्यको लागि कार्यक्रममा समावेश भईसकेकोमा सम्बन्धीत निकायसँग समन्वय गरि छिटो भन्दा छिटो सम्पन्न गर्न तर्फ विशेष पहल गरिने छ । हाल हलम्ब गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सडकहरु फराकिलो पार्न कार्य सम्पन्न भई अन्तिम चरणमा पुगकोले गाउँपालिका भित्रका मुख्य सडकहरुलाई बाह्रै महिना सवारी सञ्चालनमा ल्याउने गरि सोलिङ, ग्राभेल, नालि लगायतका कार्यहरुलाई तिव्र गतिमा अगाडि बढाई यातायात सञ्चालनमा ल्याउनको लागि यस आ.व. मा बजेटको व्यवस्था गरिने छ ।

    ८. समय र हाम्रो माग–दिर्घरोगीहरुलाई निशुल्क औषधीद्धारा सम्मान ः हाल विश्वव्यापी
    रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड १९) को कारण भएको वन्दा वन्दी र त्यसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै यस हेलम्बु गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने दिर्घरोगीहरुलाई निशुल्क रुपमा उनीहरुले सेवन गरिरहेको औषधी उपलब्ध गराईएकोमा यस कार्यलाई नितिगत रुपमा व्यवस्थित गर्दै वन्दा वन्दीको समय पश्चात पनि यस कार्यक्रमलाई निरन्तरता दिई निशुल्क वितरण गर्ने कार्यक्रमको लागि बजेटको व्यवस्था मिलाउने छ ।

    ९. विपद् सुरक्षित केन्द : नेपाल लगायत विश्वमा बारम्बार आईपर्ने महामारी जस्तै भकम्प, कोरोना भाईरस आदिलाई मध्यनजर गर्दै हेलम्बु गाउँपालिकाको प्रत्येक वडास्तरमा विपद् न्यनीकरणको लागि आवश्यक पर्ने १५०० देखि २००० जनाको क्षमता भएको हरेक हिसाबले सुविधा सम्पन्न पूर्वाधारका संरचना निर्माण गर्नका लागि यसै आ.व.देखि विभिन्न संघसंस्थासँग समन्वय गरी बस्ती भन्दा टाढाको ठाउँको यकिन गरी विपद्को लागि पूर्व तयारीको रुपमा विपद् सुरक्षित केन्द्र निर्माण गर्नको लागि विशेष पहल गरिनेछ ।

    १०. हाल विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड १९) लाई मध्यनजर गर्दै यस गाउँपालिका भित्र रहेको जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सम्पूर्ण कर्मचारीहरुको कोरोना विमा गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

    ११. जनताको स्वास्थ्य हाम्रो दायित्व ः हेलम्बुबासीको स्वास्थ्य सुरक्षा कायम राख्नु हेलम्बु गाउँपालिकाको प्रमुख दायित्व हो । हाल हेलम्बु गाउँपालिकामा कुनै जटिल रोग लागेमा आफ्नो सम्पूर्ण सम्पत्ति लगाउँदा समेत उपचार हुन नसक्ने अवस्थालाई मध्यनजर गरि जनताको स्वास्थ्य हाम्रो दायित्व कार्यक्रम सञ्चालन गरि हेलम्बु गाउँपालिका भित्र बस्ने सम्पूर्ण हेलम्बु वासीहरुको न्यूनतम लागत सहभागीतामा सम्पूर्ण हेलम्बुबासिहरुको उपचार गाउँपालिकाले निशुल्क गर्ने ब्यबस्था मिलाउन आवश्यक संयन्त्र सहित नितिगत ब्यबस्था गरि कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिने छ ।

    १२. हेलम्बु गाउँपालिकाको विशेष पहलमा यस गाउँपालिका भित्र १५ शैयाको अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट निर्णय भईसकेको तथा उक्त अस्पतालको लागि जग्गा प्राप्तीको कार्य अगाडि बढिरहेकोमा छिटो भन्दा छिटो त्यसलाई औपचारिकता प्रदान गर्दै अस्पतालको निर्माण कार्य अगाढि बढाउन विशेष पहल गरिने छ ।

    १३ हेलम्बु गाउँपालिका भित्र बसोवास गर्ने साना किसानहरुले कृषि, पशु तथा पर्यटन व्यवसायका लागि हेलम्बु गाउँपालिका भित्रका बैँक बाट लिएको ऋणका सम्बन्धमा कोभिड १९ को कारणले गर्दा कृषि तथा पर्यटन व्यवसायमा परेको नकारात्मक असरका कारण व्याज तिर्न नसकेका कृषकहरुको लागि बन्दाबन्दीको समायावधी मध्ये ३ महिनाको व्याज गाउँपालिकाले तिरिदिनको व्यवस्था मिलाईने छ यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

    १४. हेलम्बु गाउँपालिकाको भौगोलिक परिस्थिती र सुत्केरी आमाहरु स्वास्थ्य संस्था सम्म सुत्केरी जाँचका लागि जान असहज परिस्थिती लाई मध्यनजर गर्दै सुत्केरी पश्चात गरिने ३ दिन र ७ दिनको सुत्केरी जाँचका लागि स्वास्थ्य संस्थासम्म जँचाउन आउनुपर्ने कार्यलाई वन्द गरि उक्त जाँचको लागि स्वास्थ्यकर्मी नै प्रत्येक सुत्केरीको घरघरमा पुगी सेवा दिने व्यवस्था मिलाईने छ । जसका लागि प्रति सुत्केरी परिक्षण स्वास्थ्यकर्मीलाई मापदण्ड अनुसार थप प्रोत्साहन भत्ता उपलब्ध गराईने व्यवस्था मिलाइने छ । जसका कारण महिला र वालवालिकाहरुको स्वास्थ्य सुधारमा उलेख्य प्रगती हुने अपेक्षा राखिएको छ ।

    १५. हाल विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाईरस (कोभिड १९) को कारण भएको वन्दा वन्दी र त्यसबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै यस हेलम्बु गाउँपालिकामा बसोवास गर्ने अधिकांश मानिसहरु कृषिमा निर्भर रहने र हाल माहामारीबाट ग्रसीत भई स्वदेश फिर्ता भएका व्यक्तिहरुलाई समेत ध्यानमा राखी यस गाउँपालिका भित्र रहेको खेतीयोग्य जमिनलाइ अधिकतम उपयोग गर्दै उनीहरुलाई समेत रोजगारीको अवसर सिर्जना गर्न र आगामी वर्षहरुमा खाद्यान्नको अभाव हुन नदिन यस गाउँपालिकाले कृषकहरुको लागि रासायनिक मलमा अनुदान दिई कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कै मूल्यमा रासायनिक मल उपलब्ध गराउदँ आएकोमा उक्त कार्यक्रमलाई निरन्तरता दिँदै लगिने छ । साथै यस गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई वार्षिक प्रगतिको आधारमा विऊँ पूँजीको रुपमा केहि रकम उपलब्ध गराईने छ ।

    १६. वडा पूर्वाधार कार्यक्रमः सम्बन्धीत वडाबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्ष र कार्यपालिका सदस्यको समन्वयमा वडा भित्रका पूर्वाधार लगायत मर्मत संभारका कार्यक्रमहरु संचालन गर्नको लागि वडा पूर्वाधार कार्यक्रम सञ्चालनमा ल्याईने छ । यस कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।

    १७. यस हेलम्बु गाउँपालिका सञ्चालन भएको सम्र्प ा विद्यालयहरुमा इन्टरनेटको व्यवस्था गरि काठमाडौँको कुनै एउटा निश्चित स्थानबाट सञ्चालन हुने गरि कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको लािग अङग्रेजी, विज्ञान, गणित र कम्प्यूटर विषयको पढाईको माध्यमबाट कक्षा सञ्चालनमा ल्याईने छ । जसले कोभिड १९ र यस्तै प्रकृतिका अन्य अवस्थाहरुमा समेत शैक्षिक गुणस्तर कायम राख्न÷सुधार गर्न र शिक्षक अभावको समस्या समाधान गर्नका लागि मद्दत मिल्ने अपेक्षा राखिएको छ । उक्त कार्यको लागि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने छ ।

    १८. विद्यालय स्वयंले निजी स्रोतको शिक्षकको व्यवस्थापन गर्दा सेवा सुविधामा असमानता भई शैक्षिक गतिविधिमा समेत प्रभाव पर्न जाने हुँदा आगामी आ.व देखि लागू हुने गरि गाउँपालिकाले निश्चित कार्यविधि निर्माण गरि शिक्षक अभाव भएका विद्यालयहरुमा स्वयं सेवक शिक्षक पठाउने व्यवस्था गर्न विशेष पहल गर्ने छ ।

    १९. सामाजिक समानताको लागि एकल पूरुष भत्ता  नेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता अन्तर्गत हालसम्म एकल महिलालाई मात्र भत्ता दिदैँ आएकोमा हेलम्बु गाउँपालिका भित्र स्थायी वसोवास गर्ने एकल पुरुषहरुको लागि पनि गाउँपालिकाले एउटा छुट्टै कार्यविधि बनाई मासिक रुपमा भत्ता स्वरुप केहि रकम प्रदान गर्न कार्य अगाडि बढाइर्स केकोमा उक्त कार्यलाई निरन्तरता दिँदै लगिने छ । साथै अन्य समुदायको लागि ६० वर्ष र दलित समुदायको लागि ५० वर्ष नागेका अविवाहीत एकल पुरुषको रुपमा दिईएको भत्तालाई गत आव मा ५०० (पाँच सय रुपैँया) वितरण गर्दै आएकोमा उक्त रकमलाई वृद्धि गरि यस आ.व देखि १००० (एक हजार रुपैँया) वितरण वितरण गर्दै लगिने छ ।

    २०. मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हँुदा महिलाहरुलाई दिँदै आएको यातायात खर्च रु.३०००।–मा गाउँपालिकाको तर्फबाट रु.३०००।– थप प्रसुती पोषण खर्च प्रदान गर्ने कार्यलाई यस आ.व.मा पनि निरन्तरता दिँदै लगिने छ । यस गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि हेलम्बु गाउँपालिकाले गत आ.व.मा मासिक रुपमा दिँइदै आएको रु १५००।– खाजा तथा यातायात खर्च स्वरुप उपलब्ध गराउने कार्यक्रम रहेकोमा उक्त कार्यक्रमलाई निरन्तरता दिँदै लगिने छ । साथै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका लागि गत आ.व मा प्रदान गरिएको अनुदान रकममा थप वृद्धि गरिने छ ।

    २१. गाउँपालिका क्षेत्रभित्रको शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई सफल बनाउनको लागि उपयुक्त विश्वविद्यालयसँग समन्वय गरि निर्माणाधीन हेलम्बु नमूना विद्यालयको निर्माण कार्य सम्पन्न भएपछि यसको शैक्षिक व्यवस्थापन कार्यलाई व्यवस्थित बनाई आवाशिय सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि यस आ.व मा शिक्षक÷विद्यार्थी आवास गृह र विद्यालयलाई आवश्यक थप संरचान हरु निर्माण कार्य सम्पन्न गर्नको लागि बजेटको व्यवस्था गरिने छ । साथै आगामी आ.व देखि उक्त विद्यालय संचालनमा ल्याउनको लागि सो कार्यलाई द्रुत गतिमा अगाडि बढाईने छ ।

    २२. हेलम्बु गाउँपालिका भित्र कार्यरत घर पायक नभएका कर्मचारीहरुको लागि गाउँपालिकाको विभिन्न स्थानहरुमा कर्मचारी आवास गृह निर्माण गर्ने कार्य अगाडि बढाईने छ । साथै निर्माण कार्य सम्पन्न नभए सम्मको लागि तत्काल समस्याको समाधान गर्न सरकारी आवास सुविधा नभएका तथा घर भाडा लिएर वस्नु पर्ने कर्मचारीहरुलाई आवासको लागि घरभाडा स्वरुप केहि रकम उपलब्ध गराईने व्यवस्था मिलाईने छ ।

    २३. गत आर्थिक वर्षमा सञ्चालनमा ल्याईएको शिक्षक तथा कर्मचारी सुरक्षा कोष , कल्याणकारी कोष, अस्थायी अवकाश कोष, विद्यालय सहयोगीहरुको लागि थप भत्ता तथा पोषाक भत्ताको व्यवस्था साथै गाउँपालिका भित्र रहेको विद्यालयहरुमा कार्यरत वाल विकास सहजकर्ता, लेखापाल र प्रधानाध्यापकहरुलाई थप भत्ता वापतको रकम उपलब्ध गराउँदै आएकोमा यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँँदै लगिने छ ।

    २४. हेलम्बु गाउँपालिका भित्र रहेका विद्यालयहरुमा आ.व २०७६।०७७ मा केहि विद्यालयहरुमा सुरुवात गरिएको सम्बोटालिपी र संस्कृतलीपी को अध्यापन कार्यक्रम सञ्चालन भइरहेकोमा यस वर्ष देखि बाँकि विद्यालयहरुमा पनि उक्त कार्यक्रम विस्तार गर्दै लगिनेछ ।

    २५. विगतमा प्रदान गरिदैँ आईएको विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई हेलम्बु गाउँपालिकाको आवश्यकता र क्षमताको आधारमा यस गाउँपालिका भित्र अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थी मध्येबाट दलित र अन्य समुदायबाट प्रतिस्पर्धाको आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि नितिगत रुपमै व्यवस्था गरि हरेक वर्ष तोकिएको संख्यामा कार्यान्वयनमा आउने गरि छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याईने छ ।

    २६ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्न निरन्तर भईरहेको प्रयासमा थप योगदान पु¥याउने उद्देश्यले हेलम्बु गाउँपालिका भित्रका विद्यालय नजाने विद्यालय उमेरका वालवालिकाहरुलाई नियमित विद्यालय गई पठन–पाठन गराउन प्रोत्साहन गर्दै शिक्षक विद्युतीय हाजीर जस्तै विद्यार्थीहरुलाई पनि यस आ.व बाट अनिवार्य विद्युतीय हाजिर मेशिनबाट हाजिर गराउने कार्य अगाडि बढाईने छ ।

    २७ गाउँपालिका भित्र बसोवास गर्ने बासिन्दाले कृषिमा आत्मनिर्भरता बनाउने अभियान अन्तर्गत विगत वर्ष देखि नै संघसंस्था र गाउँपालिकाको संयुक्त पहलमा एक घर एक कृषि टनेल कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिएकोमा आ.व २०७६।०७७ मा हेलम्बु गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा विद्यालय किचेन गार्डेनको व्यवस्थापनका लागि बढि मात्रामा केन्द्रित भएकोमा यस आ.व मा कृषकहरुकै करेशावारीमा केन्द्रित भई एक घर एक कृषि टनेल कार्यक्रमलाई निरन्तरता दिँदै लगिने छ ।

    २८. गाउँपालिका क्षेत्रका विभिन्न स्थानहरुलाई कृषि तथा पशुपालनका हिसावले पकेट क्षेत्रको रुपमा विकास गरिने छ । जसमा सम्भाव्यता अध्ययन गरि चिया, कागति, जुनार, किवि, स्याउ र तरकारी तथा माछा, कुखुरा, गाई, भैँसी, चौरी पालन मार्फत उत्पादन बृद्धि गरि हेलम्बुलाई अर्गानिक उत्पादनको स्थानका रुपमा चिनाउन आवश्यक कार्य अगाडि बढाईने छ साथै तरकारी, फलफुल र पशुजन्य उत्पादनलाई सहकारी मार्फत वजार व्यवस्थापन गरिनेछ । गाउँपालिकाले कृषि क्षेत्रमा दिने अनुदान उपलब्ध गराउने क्रममा सामुहिक रुपमा निर्माण गरेको प्याकेट क्षेत्रलाई पहिलो प्राथमिकता दिइने छ । यस गाउँपालिका भित्र दर्ता गरिएको बिभिन्न कृषि फर्महरुले एक पटक अनुदान प्राप्त गरेपछी पुनः २ वर्ष अनुदान प्रकृयामा भाग लिन नपाउने र दोहोरो अनुदान प्रकृयामा भागलिन नपाईने व्यवस्था मिलाईनेछ । हेलम्बु गाउँपालिका भित्रका वास्तविक कृषकहरुको पहिचान गरि परिचय पत्र प्रदान गरिने छ । साथै हेलम्बु गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सम्पूर्ण वन उपभोक्ता
    समितिहरुलाई आफ्नो वनलाई हानी नहुने गरि विभिन्न खालको उत्पादन र व्यवसायीक बनाउन विशेष पहल गरिने र त्यस्ता उपभोक्ता समितिहरुले ठोस योजना र कार्यान्वयन अगाडि बढाउन नसकेमा तोकिएको शुल्क तिरी अन्य कुनै व्यवसायीक संस्था वा व्यक्तिलाई उपभोक्ता समितिको निर्णयबाट केहि मापदण्ड तयार गरि भाडामा दिन सक्ने व्यवस्था मिलाउन विशेष पहल गरिने छ।

    २९. लामटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको वन्यजन्तुहरुले बालीनाली नोक्शान गरेमा उक्त बाली नोक्शान गरे वापतको रकम निकुञ्जले उपलब्ध गराउने साथै उक्त बालीनाली संरक्षण गर्नको लागि विशेष पहल गरिने छ र उक्त संरक्षणको घेरावार गर्नको लागि कुनै व्यक्तिले गाउँपालिका सँग समन्वय गर्न आएमा सो व्यक्तिलाई गाउँपालिकाले ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्ने छ ।

    ३०. गाउँपालिका भित्र जुनसुकै संघसंस्थाहरुले कार्यक्रम संचालन गर्न स्वीकृती लिन आउँदा गाउँपालिकाको समन्वयमा १५ प्रतिशत कृषि, १५ प्रतिशत स्वास्थ्य र १५ प्रतिशत शिक्षामा अनिवार्य बजेट खर्च गर्ने गरि कार्यक्रम स्वीकृती दिने व्यवस्थालाई अनिवार्य गर्न लगाइने छ ।

    ३१. गाउँपालिकामा सञ्चालन भएका सम्पूर्ण विकासका योजनाहरुलाई वातावरण मैत्री बनाउने हिसावले गत आ.व देखि उक्त योजनाको विनियोजित रकमको २ प्रतिशत रकम जम्मा गरि वातावरण संरक्षण कोष को व्यवस्था गरिएकोमा उक्त कार्यलाई यस वर्ष पनि निरन्तरता दिँदै कोषमा जम्मा भएको रकम कार्यविधि बमोजिम खर्च गर्ने व्यवस्था मिलाइने छ । यसबाट वातावरण संरक्षण लगायत जलवायु परिवर्तनको क्षेत्रमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

    ३२. दलित समुदायको सिप विकास तथा आय–आर्जन कार्यक्रम मार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउने उद्देश्यले यस गाउँपालिका भित्र उक्त समुदायको लागि उपयुक्त स्थानका छनोट गरि दलित औधोगिक क्षेत्रको स्थापना गर्ने कार्यक्रम रहेकोमा उक्त औद्योगित क्षेत्रको डि.पि.आर भईसकेको भएतापनि स्थान छनौट नभएको हुनाले यस आ.वमा उक्त क्षेत्रको लागि स्थान छनौट गरि निर्माण कार्य अगाडि बढाउने तर्फ विशेष जोड दिईने छ ।

    ३३. गाउँपालिका भित्रका हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थस्थल पाल्चोक (जयवागेश्वरी) भगवती मन्दिर र महाकाली निन्देश्वरी मन्दीरको डि.पि.आर कार्य अन्तीम चरणमा पुगेको हुनाले डि.पि.आर अनुसारको मन्दीर निर्माण कार्यको लागि बजेटको खोजी गरि मन्दिर निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईने छ ।

    ३४ एक वडा एक खेलकुद मैदान ः यस कार्यक्रमलाई मध्यनजर गर्दै सम्भावना भएको क्षेत्रहरुमा हाई अल्टिच्यूड टे«निङ्ग सेन्टर लगायत विभिन्न खेलकुद मैदानहरु निर्माण गर्दै लगिने छ । र हालसम्म निर्माण भइरहेका खेलमैदानहरुलई सम्पन्न गराउने र बाँकि रहेको वडाहरुमा पनि खेलकुद मैदान निर्माण गर्ने तर्फ विशेष जोड दिईने छ ।

    ३५ गाउँपालिकाको आफ्नो छट्टै भवन निर्माणको लागि डि.पि.आर कार्य अन्तिम चरणमा पुगको हुनाले आवश्यक बजेटको व्यवस्था गरि निर्माण कार्यलाई अगाडि बढाउने तर्फ विशेष पहल गरिने छ ।

    ३६ परिवर्तनका लागि सकारात्मक सञ्चार कार्यक्रम अन्तर्गत पत्रकारीता क्षेत्र प्रवद्र्धन कार्यक्रमका लागि स्थानीय पत्र–पत्रिका, रेडियो, टेलिभिजनहरुलाई विज्ञापन, तालिम जस्ता कार्यक्रमहरु सञ्चालनको माध्यमबाट कोरोना भाईरसको रोकथामको बारेमा विशेष सचेतना कार्यक्रमहरु सञ्चालन गर्र्दै लगिने छ । यसको लागि बजेटको व्यवस्था गरिने छ ।

    ३७. युवा सिप तथा रोजगार प्रवद्र्धन योजना यस कार्यक्रम अन्तरगत गाउँपालिकाका उद्यमशिल युवाहरुको पहिचान गरि उनीहरुको सिप र सिर्जनालाई प्रोत्साहन र विकास गर्दै रोजगारी वृद्धि गर्ने उद्देश्यका साथ उत्कृष्ठ व्यवसायिक सिप सिक्ने युवाहरुका लागि गाउँपालिकाले प्रोत्साहित गर्न आवश्यक कार्य गर्नेछ । यस कार्यक्रम अन्तरगत विभिन्न किसिमको सिपमुलक तालिम र व्यवसाय प्रवद्र्धन गर्नको लागि गत आ.व मा गाउँपालिकाले एउटा य ा स्वरोजगार कोष
    स्थापना गर्न विशेष परिस्थितीकाका कारण नसकेकोमा यस आ.व मा उक्त कार्यलाई निरन्तरता दिन विशेष पहल गर्ने छ । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडामा सूचीकृत भएका वेरोजगारीहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गरि रोजगार सिर्जना गर्न तर्फ विशेष जोड दिईने छ ।

    ३८. नेपालमा विकृतिको रुपमा स्थापित तेस्रो चौमासिकको अन्तिम समयमा योजना कार्यान्वयन गन परिपाटीलाई निरुत्साहित गर्न चैत्र मसान्त भित्र सम्झौता नभएका योजनाहरुको रकम गाँउकार्यपालिकाको निर्णयले रकमान्तार गन गरि गाउँसभाबाट विधेयक पारित गराई विगतका वर्षहरुमा कार्य सम्पादन हुँदै आएकोमा यस कार्यबाट गाउँपालिकाको विभिन्न योजनाहरु समयमा सम्पन्न भई कार्यसम्पादनमा सुधार आएकोले यस कार्यलाई निरन्तरता दिँदै थप व्यवस्थित गरिने छ ।

    ३९. कक्षा १० सम्म विधार्थी तथा शिक्षक खाजा कार्यक्रम ः नेपाल सरकारद्धारा इ सि डी देखि कक्षा ५ सम्मको विधार्थीलाइ खाजा कार्यक्रम रहेको र एउटै विधालयका विधार्थीहरुमा पनि कसैलाइ खाजा सुविधा रहेको र कसैलाइ नरहेको अवस्थाको मध्यनजर गर्दै सवैलाइ समान रुपमा खाजा सुविधा उपलब्ध गराउनको लागि कक्षा ६ देखि १० सम्मका सम्पुर्ण विधार्थीहरुलाइ हेलम्बु गाउँपालिकाबाट खाजा सुविधा बापत विधार्थी तथा शिक्षक कर्मचारीलाइ हाजिरका आधारमा प्रति विधार्थी तथा शिक्षकलाइ दैनिक १५ रुपियाको दरले उपलब्ध गराउनको लागि बजेटको व्यवस्था गरिनेछ ।

    अन्तमा,
    हेलम्बु गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा अन्तर्गतका सम्पूर्ण अन्य कार्यालयबाट हुने
    सम्पूर्ण सेवा तथा सुविधालाई छिटो–छरितो रुपमा सम्पन्न गर्नका लागि हामी सदैव तत्पर रहेको प्रतिबद्धताका साथ माथि उल्लेखित केही ठुला विकासको योजनाहरु तथा उल्लेख गर्न छुटेका विकासको शीर्षकहरुलाई सम्बन्धित क्षेत्रगत निकायहरुमा समावेश गरि हेलम्बु गाउँपालिकालाई नमुना गाउँपालिका निर्माण गर्ने लक्ष्य अनुरुप हालसम्म प्राप्त भएका उपलब्धीहरुको संरक्षण तथा विकास गर्दै प्रस्तावित नयाँ आयोजना तथा कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सबैलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।

    धन्यवाद ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस