२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोना संक्रमिताकोे संख्या १३ हजार नाघ्यो, ३१ सय निको भए

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार १५, २०७७

    चौताराः नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ। सोमबार ४ सय ७६ जना कोरोनाको बिरामी भेटिएसँगै कोरोना संक्रमिताको संख्या १३ हजार नाघेको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। संकमितमध्ये १ हजार ५ सय ८६ महिेला र ११ हजार ६ सय ६२ जना पुरुष रहेको उनले बताए।

    मृतको संख्या २९ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षीय पुरुषको कारोनाका कारण मृत्यु भएको हो।

    ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए।

    आइसियुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो। १३ गते बेलुकी नै उनको निधन भएको थियो। उनको हिजो मात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो।

    तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिन्‍न अस्पतालमा उनी उपचारका लागि गएको थिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।

    ३१ सयले जिते कोरोना

    नेपालमा नेपालमा कुल ३ हजार १ सय १३ जना निको भएका छन्। सोमबार १२१ जना कोरोना संक्रमितका बिरामी निको भएर घर गएसँगै कोरोनाबाट डिस्चार्ज भएका छन्।

    स्वास्थ्य तथा निको हुनेको संख्या ३ हजार १ सय १३ जना पुगेको हो। पछिल्लो २४ घण्टामा १०८ जना पुरुष र १३ जना महिला निको भएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस