असार १५, २०७७
चौताराः नेपालमा भित्रियको सलह नियन्त्रण गर्न सरकारले विभिन्न प्रयास गरिरहेको छ। यही क्रममा बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह समात्नेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको छ ।
सलह नियन्त्रणका लागि आइतबार मन्त्रालयले सलह समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँ दिने निर्णय गरेको हो।
सहल समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँ दिने भएपछि स्थानीयहरू प्रोत्साहित भएर सलह समातेर नियन्त्रण हुने अनुुमान गरेको छ। बागमती प्रदेशका आठ जिल्लामा सहल देखिएकाले मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए।
यसअघि सलह प्रदेश ५ ले प्रतिकिलो २० रुपैयाँ र सुदूरपश्चिम प्रदेशले प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस