२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

नेपालमा काेराेनाबाट मृत्युु हुनेकाे संख्या २९ पुग्यो

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार १५, २०७७

    चाैैैैैैतारा: नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ। ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएसँगै २९ पुगेकाे हाे।

    अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।

    मृतका पुरूषमा श्वासप्रश्वासमा भएर अस्पताल भर्ना गरिएको थियो। उनकाे शनिबार राति मृत्यु भएकाे हाे। मृत्यु भएपछि पिसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। उनको शव काठमाडौं उपत्यकामा मापदण्ड अनुसार अन्तयेष्टि गरिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस