असार १५, २०७७
मेलम्चीः मेलम्ची नगरपालिकाले नगरवासिलाई सलह किराको प्रकोपबाट नआत्तीन आग्रह गरेको छ। नेपालमा सलहले सन्तान उत्पादन गर्न नसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।
यो फट्याङ्ग्रा प्रजातिको किराले नेपालमा सन्तान उत्पादन गर्न नसक्ने भन्दै नगरपालिकाले किसानहरुलाई नआत्तिन आग्रह गरेको हो।
आइतबार विज्ञप्ति निकाल्दै नगरपालिकाले भनेको छ, ‘यो किराले बालुवामा १५ देखि २० सेमिभित्र पर्नेगरी अण्डा पार्दछ। नेपालमा मरुभूमि नभएका कारण यसले नेपालमा सन्तान उत्पादन गर्न सक्दैन त्यसैले नआत्तिऔं सचेत रहौं।’
एक झुण्डमा दुई देखि ८ करोडको संख्यामा हुने समेत जनाएको छ। हावाको वहावसँगै एक दिनमा १ सय ५० किलोमिटर टाढासम्म फैलनसक्ने बताएको छ। पालिकाभित्र सलह किरा देखिएमा तत्काल कृषि विकास शाखामा जानकारी गराउन समेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस