२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

छिमेकी जिल्ला काभ्रेमा सलह, विज्ञ भन्छन्: एक महिना रहन सक्छ

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ४ साल अघि
  • असार १४, २०७७

    चाैतारा : भारतबाट तराईका जिल्ला हुदै नेपाल प्रवेश गरेकाे सलह सिन्धुपाल्चोक छिमेकी जिल्ला काभ्रेपलाञ्चाेकमा समेत देखिएकाे छ। काभ्रेको विकट क्षेत्र खानीखोला गाउँपालिकामा सलह कीरा भित्रिएको हाे।

    बारा, मकवानपुर, पर्सा, रौतहट, सर्लाही, रुपन्देही र पाल्पा जिल्लामा देखिएकै दिन खानीखोला गाउँपालिकाकाको वडा नम्बर २, ५ र ६ मा सलह कीराको प्रवेश देखिएको हो।

    गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले शनिबार साँझ एक्कासि गाउँपालिकाको आकाशमा ठूलो हुलमा देखिएको सलह कीरा वडा नम्बर २, ५ र ६ का फलामेटार, ताल्ढुंगा र सल्धाराका केही स्थानमा बसेको जानकारी दिए।

    एक महिना रहन सक्छ: विज्ञ

    बाराबाट शनिबार प्रवेश गरेको सलह कीरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्।

    वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माले बताए । सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए।

    सानाे समूह भएकाले क्षति कम हुन्छ

    नेपालमा सलह किरा सानाे समूहमा प्रवेश गरेकाे भएकाले क्षति कम गर्ने अनुमान गरिएकाे छ।
    ८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो कीरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए।

    अहिले डराउनैपर्ने अवस्था नभएको उल्लेख गर्दै सरकारले विषादी प्रयोग गरेर र किसानहरूले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको उनले बताए।

    साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् । यसलाई नियन्त्रण गर्न बिषाधि प्रयाेग गर्ने तयारी समेत गरिएकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस