२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

देशभर फैलियो कोरोना, संक्रमित १२ हजार नाघ्यो

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार १३, २०७७
    काठमाडौँः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार नाघेको छ। शनिबार ५ सय ५४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १२ हजार नाघेको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार तीन सय ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

    देशभरी फैलियो
    शनिबार रसुवा जिल्लामा पनि संक्रमित भेटिएसँगै देशका ७७ वटै जिल्लामा कोरोना फैलिएको छ। पछिल्लो समयसम्म पनि रसुवा जिल्लामा भने कोरोना पुगेको थिएन। शनिबार रसुवा जिल्लामा ९ जना संक्रमति भेटिएको उनले बताए।

    शनिबार कोरोना जितेर १ सय ३६ जनाले घर फर्किएका छन्। हालसम्म कोरोनाबाट जितेर घर फर्कनेको संख्या दुई हजार ८ सय ३७ पुगेको उनले बताए।

    मृतको संख्या २८ पुग्यो
    नेपालमा कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

    फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए। केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस