असार १३, २०७७
चौताराः विनाशकारी भूकम्प भएको ५ बर्षपछि जिल्ला प्रहरी कार्यालयले व्यवस्थित आवास गृह पाएको छ। प्रहरी कार्याललये एक सयजनासम्म अट्ने व्यवस्थित गृह पाएको हो।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली शनिबार भवनको उद्घाटन गर्दै प्रहरी कार्यालयको भवन ढिला बन्नुमा चिन्ता व्यक्त गरेका छन्। जनताको सेवा सुरक्षा अहोरात्र खट्ने प्रहरी कार्यालय भूकम्पपछिको यत्रो समयसम्म व्यवस्थित बन्न नसक्नुमा सरकारी ढिलासुस्ती भएको जनाए।
भूकम्पपछि निर्माण भएको व्यवस्थित भवनले यहाँका प्रहरीहरुलाई अब बस्न समस्या नपर्ने बताए। उनले प्रहरीलाई विश्वभर फैलिएको कोरोना नियन्त्रणमा पनि सघाउँ पुर्याउन समेत आग्रह गरे।
वेलायत सरकारको सहयोगमा बनेको गृह भूकम्परहित प्रविधिबाट निर्माण गरिएको छ । नयाँ भवनमा विरामी कक्षदेखि सुविधासम्पन्न भान्सा घर समेत निर्माण भएको छ।
कार्यक्रममा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, जिल्ला न्यायाधिस टिकाराम आचार्य, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमान सिं तामाङलगायतको उपस्थित भएका थिए।
प्रतिक्रिया दिनुहोस