२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचपोखरीमा प्रवेशद्वारः पर्यटन आर्कषणको केन्द्र

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार १३, २०७७
    चौताराः पाँचपोखरी थाङपाल गाउँपालिका प्रवेशद्वार निर्माण भएको छ। गाउँपालिकामा पर्यटन प्रवर्द्धनका निम्ति गाउँपालिका भित्र रहेको विभिन्न कला सस्कृती र मौलिकतालाइ झल्काउने गरि प्रवेशद्वार निर्माण गरिएको हो ।

    जनप्रतिनिधिहरुको सेवासुविधा कटौती गरि वडा अध्यक्षहरुकै पहलमा निर्माण गरेको यो प्रवेश द्वार यति छोटो समय अनि कम लागतमा निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको पाँचपोखरी थाङ्पाल गाउपालिका पर्यटन प्रबर्दन समितिका अध्यक्ष सुबास तामाङ जानकारी दिए।

    थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामा, उपाध्यक्ष सुनिता अधिकारि एवम वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु तथा कर्मचारी साथिहरुको अमूल्य योगदानको कारण पनि प्रवेश द्वार निर्माण कार्य सहज बनेको उनको भनाई छ।

    अबको ३ महिना भित्र सोही स्थानमा पर्यटन सुचना केन्द्र निर्माण समेत निर्माण हुने भएको छ। विश्वको ९ औ अग्लो स्थानमा रहेको ताल पाँचपोखरी लगायत गाउँपालिका भित्र रहेको विभिन्न पर्यट्किय स्थलहरुको जानकारी सोही सुचना केन्द्रबाट सम्प्रेषण गरिने लक्ष्य लिइएको छ।

    पर्यटन आर्कषणको केन्द्र
    पाँचपोखरी थाङ्गपाल गाउँपालिका सिन्धुपाल्चोकको पर्यटन आर्कषणको केन्द्रको रुपमा रहेको छ। यहाँ पाँचपोखरी मठमन्दिर, चैत्य गुम्बा, नदि नाला, खोल्छा झर्ना, च्योचो नागी झुल्के जस्ता हिमाल, अन्नपुर्ण हिमाल, हबेली डुखाङ्ग, आमायाङ्री, अमिलो पानी, रैथाने माहादेबस्थान, भोत्ताङ्ग देबि, धाप दक्षिण काली याङ्गरी लार्के, इन्द्रावती हाडिखोला, गुरु रेम्पोर्छे लगायतको स्थान आर्कषक स्थानहरु समेत रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस