२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

कोरोनाबाट पाटन अस्पतालमा एकको मृत्यु

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असार ११, २०७७
    काठमाडौ‌ंः कोरोना भाइरस (कोभिड–१९) बाट ललितपुरको पाटन अस्पतालमा एक जनाको निधन भएको छ। अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो।

    चितवन घर भएका ललितपुरको महालक्ष्मी स्थानमा बस्दै आएका पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य ललितपुरका प्रमुख खगेश्वर गेलाले बताए।

    मिर्गौला प्रत्यारोपण गरिएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस