काठमाडौं खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताइन्।
अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको बताइन्। असारसम्म भौतिक काम सम्पन्न हुने दाबी गरिन्।
नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ। असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडी बढ्ने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस