२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

चौताराले ल्यायो १ अर्ब ५ करोडको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथामिकता

  • २०७७ अषाढ १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • चौताराः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा दिइएको छ। बुधबार नगरले आयोजना गरेको ८ औं नगरसभामा कुल १ अर्ब ५ करोड २३ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको हो।

    चौताराले स्वास्थ्य क्षेत्रमा २ करोड ६० लाख बजेट विनियोजन गरेको चौतारा नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले बताइन्। त्यस्तै कृषि क्षेत्रमा २ करोड ५० लाख, नगर गौरवको योजनामा २ करोड, शिक्षामा १ करोड ८० लाख, लक्षित वर्गको लागि १ करोड ५० लाख, पशु विकासका लागि १ करोड, रोजगारमा १ करोड विनियोजन गरिएको छ।

    त्यस्तै बजेटमा प्रत्येक वडाको लागि ७५ लाखको दरले बजेट विनियोजन गरिएको छ। युवा तथा खेलकुद, खानेपानी, युवा तथा खेलकुद, पर्यटन, लघु उद्यम, सडक, सहकारी, न्यायिक समितिमासमेत उल्लेख्य बजेट विनियोजन गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस