मेलम्चीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ ।
राप्रपा केन्द्रीय सदस्य उदय सापकोट, पूर्व सांसद चलनबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोपाल नरसिं श्रेष्ठ, २ नं क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल, नगर अध्यक्ष किरणदिप खड्काले स्वास्थ्य सामग्री मेलम्ची नगर प्रमुख डम्बर अर्याल र स्वास्थ्य केन्द्र प्रमुख विनोद केसीलाई हस्तान्तरण गरे।
हस्तान्तरित स्वास्थ्य सामग्रीमा २६ थान पीपीई सेट, परीक्षण पञ्जा ५०० थान, बुट कभर ३०० थान, सर्जिकल मास्क १ हजार थान, गुगल्स ३० थान, केएन ९५ मास्क ४० थान, ह्यान्ड स्यानिटाइजर ३० बोतल र फेस सील्ड १२ थान रहेका छन् ।
अहिलेको विषम परिस्थितिमा सहयोग गर्नु सबैको दायित्व भएकाले जनस्वास्थ्यमा केही भए पनि टेवा पुगोस् भनेर सहयोग गरिएको राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस