नवलपुरः इन्द्रावती गाउँपालिकाले उत्पादनमुखी स्वरोजगार समृद्धिको आधार बनाउने लक्ष्यका साथ पञ्चवर्षिय योजना अघि सारेका छ।
विकासका विभिन्न सूचक क्षेत्रलाई वि.स. २०८१ सम्ममा समृद्ध बनाउने लक्षका साथ योजना अघि सारेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।
योजना अनुसार गुणस्तरयुक्त पूर्वाधारहरु, उत्पादकत्वमा सुधार, सुमधुर बजारीकरण र रोजगारीको बृद्धि भई गाउँपालिकावासीको जीवनस्तरमा सुधार हुने अपेक्षा लिएको बताए।
गाउँपालिका अन्तर्गतका निकायबाट प्रवाह गरिने सेवाको गुणस्तर बढाउँदै स्थानीय उत्पादनमा बृद्धिका साथै अबको पाँच वर्षमा कम्तीमा २५ प्रतिशत आर्थिक उन्नति प्राप्त गर्ने योजनाको प्रमुख लक्ष्य रहेको जनाए।
भौतिक विकास, आर्थिक क्षेत्र, लैंगिक समानतालगायतको सूचक गरिएको छ । अबको पाँच वर्षमा गाउँपालिकावासीका लागि सुविधा पुग्ने गरि योजना निर्माण गरिले लक्ष्य गाउपालिकाले लिएको छ।
योजना निर्माणका लागि विज्ञहरुको सल्लाह लिएर गाउँगाउँमा तथ्यांक सकंलन गरिएको थियो । घरधुरी सर्भेक्षण गरेर आवश्यकताको पहिचान गरि योजना निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस