२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या २३ पुग्याे

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेती असार ७ अाइतबार

    काठमाडौँ: नेपालमा काेराेना भाइरस (काेभिड १९) काे संक्रमणबाट मृत्युु हुनेकाे संख्या २३ पुगेकाे छ। गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष मृत्युु भएपछि मृत्तककाे संख्या २३ पुगेकाे हाे।

    आइतबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले ती पुरूषकाे मृत्युु भएकाे पुष्टि गरेका छन्। होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको उनले बताए।

    हालसम्म नेपालमा कोरोनाबाट सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका २, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका १, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगन्जका १, पर्साका १ र गुल्मीमा १ जनाको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस