खबरज्योति
३१ वैशाख
चौतारा-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य माधब सापकोटाले सिन्धुपाल्चोकका क्रियाशिल पत्रकारहरुको लागि सञ्चार सामग्री उपलब्ध गराएकाछन् । कोरोना भाईरस महामारीको अबस्थामा समाचार सम्प्रेसणमा खटिरहेका ३६ जना सञ्चारकर्मीहरुलाई नेता सापकोटाले सामग्री उपलब्ध गराएका हुन् ।
पत्रकार महासंघ सिन्धु शाखा मार्फत नेता सापकोटाले ३६ पत्रकारलाई एकथान ब्याग ,एकथान पेनडाइब , एकथान पावरबैंक प्रदान गरेकाहुन् । संकटको घडिमा समेत समाचार सम्प्रेसणमा खटिइ रहेका पत्रकारहरुको मनोबल बढाउन पनि राहत सामग्री सहयोग गरिएको नेता सापकोटाले बताए । आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिइने उनि बताउँछन् । पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष महेशकुमार श्रेष्ठले सामग्री उपलब्ध गराउने दातालाई धन्यवाद ब्यक्त गरेकाथिए ।
प्रतिक्रिया दिनुहोस