२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

काेराेना भाइरस हल्लाबारेे विपद् व्यवस्थापन समितिकाे गम्भीर ध्यानाकर्षण

  • २०७६ माघ २९, बुधबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेति

    माघ २९ सिन्धुपाल्चोक

    जुगल गाउँपालिकालाई उद्रित गर्दै काेराेना भाइरस जस्तै लक्ष्ण देखिएकाे भनेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा अाएकाे खबरप्रती जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चाेकले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

    जुगल गाउँपालिका वडा न.३ स्थित गुम्बा भन्ने स्थानका नागरिकहरुमा काेराेना राेग जस्तै लक्ष्ण देखिएने बिरामीको संस्या बढेकाे भन्दै जुगल गाउँपालिकाले सूचाना प्रकाशित गरे पस्चात सामाजिक सञ्जाल र मिडियाहरुमा साेहि अनुसारकाे हल्ला फैलिएकाे थियाे ।

    हल्ला फैलिएकाे भाेलिपल्ट बसेकाे जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठकले उक्त हल्ला निराधार रहेकाे बताएकाे छ । घटनास्थलमा खटिएकाे स्वास्थ्यकर्मीकाे टाेलिले सिजनल फ्युलकाे शंका गरेकाले थप पुष्टिकाे लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विशेष टाेली घटनासंथल तर्फ प्रस्थान गरिसकेकाे र छिटै अाधिकारीता बाहिर अाउने जारी विज्ञप्तिमा उल्लेख छ । सबै बिरामीहरुलाइ उपचार भैरहेकाे र माैशम परिवर्तनकाे अवस्थामा सामान्य रुघाखोकी , ज्वराे अाउन सक्ने हुँदा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारण सबैमा समितिले अनुराेध समेत गरेकाे छ ।

    समितिकाे बैठकमा सहभागिहरुले गाउँपालिका जस्ताे जिम्मेवार निकाएले स्वस्थ्यकर्मीहरु संग समेत सल्लाह नगरी संवेदनशील कुरामा हल्ला फैलाउनु गलत भएकाे बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस