खबरज्याेति , ०५ /२०७६ हेलम्बु
पर्यटकीय दृष्टिले प्रसस्त सम्भावना बाेकेकाे हेलम्बुमा दाेस्राे चरणकाे पर्यटन मार्ग (ग्रेट ट्रेल) निर्माण कार्य अाइतबारबाट सुरु भएको छ । स्वदेशी तथा बिदेशी पर्यटकहरुलाइ आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदल मार्ग निर्माण सुरु गरेको हो । पहिलाे चरणमा वडा न: ६ र १ काे बिचबाट सुरु गरिएकाेमा दाेस्राे चरणामा वडा नः ३ काे नागिडाँडाबाट सुरु गरिएकाे हेलम्बु गाउँपालिकाले जनाएकाे छ ।
हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्बुु–३ बुद्घपार्कबाट सुरु भै सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ्ग, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।
६० किलोमिटर लम्बाई रहेको पैदल मार्ग निर्माणको कुल लागत ३ अरब ५० कराेड लाग्ने अनुमान गरिएकाे छ । धेरै लागत लाग्ने भएकाले स्थानिय सरकारको बजेटले मात्र निर्माण कार्य सम्भब नभएकाले यस आर्थिक बर्षमा संघिय सरकारबाट १ कराेड बिनियाेजित भएकाेले अायाेजनालाई गति दिन सहयाेग मिलेकाे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
पर्यटन प्रवर्धन मार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण सुरु गरिएको शेर्पाले बताए । ‘ठुलो लागत पर्ने भएकाले हाम्रो मात्र बजेटले सम्भब छैन । तेसैले माथिल्लो सरकारसंग निरन्तर हातेमालो गर्दै पर्यटन मार्ग लगाएत अन्य बिकास निर्माणको कामलाई अगाडि बढाउँदै जाने छौं’ अध्यक्ष शेर्पाले भने ।
अध्यक्ष शेर्पाका अनुसार बिगतमा हस्तकलाबाट पदमार्गकाे काम हुँदा निर्माण कार्यले खासै गति लिन नसकेकामा हाल ढुङ्गा काट्ने मेसिन समेत निर्माण पक्षले प्राप्त गरिसकेकाले अब निर्माण कार्यले गति लिने छ । पदमार्ग निर्माणाकाे क्रममा जंगली जीव–जनावरलाई आवतजावतमा अफ्ठयारो नपरोस भन्ने उद्देश्यले बिशेष ध्यान दिइने निर्माण पक्षले जनाएकाे छ । द्रुत गतिमा पदमार्ग निर्माण गरिने याेजना अनुरुप संघिय सरकारबाट प्राप्त रकमको छिटै टेण्डर गरि शेर्माथानबाट तेस्राे चरणकाे निर्माणकार्य सुरु गरिने गाउँपालिकाले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस