खबरज्याेती
२५ असोज २०७६ सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटका मृतक परिवारलाई इन्द्रावती गाउँपालिकाले राहत स्वरुप तत्काल जनही रु २५ हजार रकम दिने भएको छ।
मृतक परिवारलाइ कृया खर्च बापत यसै साता भित्रमा साे रकम उपलब्ध गराइने इन्द्रावती गाउँपालिका अध्यक्ष बंसलाल तामाङले जानकारी दिए । साथै मृतक परिवारका बालबालिकाहरुकाे पठनपाठनकाे निमित्त पनि पालिकाले उचित पहल गर्ने अध्यक्ष तामाङले बताएकाछन् ।
दशैं मनाउन गाउँ गएका यात्री राजधानी फर्कनेक्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालककोसमेत मृत्यु भएको थियो।
केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्नसक्ने बताइएको छ।बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए। ‘ओभरलोड’कै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस