खबरज्याेती
२४ असोज २०७६ सिन्धुपाल्चाेक
सिन्धुुुुुुुुुुुुुपाल्चाेककाे इन्द्रावती गाउँँपालिकामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको हेलिकोप्टरमार्फत् उद्दार भइरहेको छ।
घाइतेको उद्दारका लागि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकोप्टरसहित घटनास्थलमा पुगेका छन्। उद्दारका लागि मन्त्री दुलालले आफ्नो प्रत्यक्ष पहलमा अन्य दुईवटा हेलिकोप्टर पनि पठाएका हुन्।
सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको भएको हो। दुर्घटनामा ज्यान गएकाहरुको सनाखत हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस