२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

समानताकाे अवधारणा अनुरुप एकल पुरुष भत्ता – अध्यक्ष शेर्पा

  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योेति

    १५ असोज २०७६ सिन्धुपाल्चोक

    हेलम्बु गाउँपालिकाले एकल महिलालाइझैं एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता दिन सुरुवात गरेको छ । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर  समुहका एकल पुरुषलाई आन्तरिक श्रोतबाट माषिक ५ सय रुपैयाँ उपलब्ध गराउन लागेका हो ।

    एकल पुरुष भत्ताका लागि यो बर्ष पालिकाले २० लाख रुपैयाँँ बिनियोजन गरेको हेलम्बु गाउँपालिकाले जानकारी दिएको छ ।

    “राज्यले महिला पुरुष समान भनेकाले ब्याबहारिक रुपमानै हामिले तेस्को सुरुवात गरेका हौैं । “ समानताको नारा अनुसारनै एकल पुरुषलाइ पनि भत्ता बितरण गर्न लागिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

    जिल्लामा भएका १२ स्थानिय तह मध्ये हेलम्बु  कमआन्तरिक आय भएको   गाउँपालिकामा पर्दछ । गत आवमा ४० लाख आन्तरिक आम्दानि गरेको हेलम्बुको यस बर्ष ६१ लाख को लक्ष्य लिएको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमराज कोइरालाले जानकारी दिए ।

    एकल पुरुष भत्ता लिइ रहेकाहरुले ज्ष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोेरो सुबिधा पाउने छैनन् । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भैरहेको र ३ सय ५० कोे हाराहारिमा एकल परुषको संंख्या रहेको जानकारि हेलम्बुु गाउँपालिकाले दिएको छ ।

    एकल पुरुषलाइ पनि भत्ता दिने कार्य  गत आव बाट झापा जिल्लाको झापा  गाउँपालिका ,ललितपुर जिल्लाकोे बाग्मती नगरपालिका , बैतडीको मेलौली नगरपालिका ,रामेछापको खाँडादेवि गाउँपालिका र बझाङको जयपृथ्वी नगरपालिका लगाएत दर्जन भन्दा बढी स्थानिय तहले सुरु गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस