२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

ज्ञानेन्द्र शाहीलाई मुद्दा चलाउने तयारी

  • २०७६ भाद्र ३०, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति
     ३० भदौ २०७६ काठमाडौ ।
    ज्ञानेन्द्र शाही अहिले ललितपुर प्रहरीको हिरासतमा रहेका छन्। आइतबार (हिजो )आयोजित पत्रकार सम्मेलनबाट पक्राउ परेका शाहीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ प्रहरीले पक्राउ पुर्जी दिएको थियो।

    ललितपुरका प्रहरी प्रमूख एसएसपी टेकबहादुर राईले मन्त्री भट्टराईमाथि विमानस्थलमा अभद्र व्यवहार गरेको विषयमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखिएको बताए। प्रहरीले अभद्र व्यवहारसँगै शाही विरुद्ध गैरसैनिक हवाई उडान सम्बन्धी ऐन विपरीतको कसुर गरेको अभियोगमा मुद्दा चलाउने तयारीसमेत गरेको छ।

    गैरसैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन २०१५ अनुसार उडानमा रहेका वायुयानभित्र कुनै व्यक्तिविरुद्ध आक्रामक व्यवहार गरेमा वा त्यस्तो काम कारवाहीले वायुयानको सुरक्षामा खतरा हुने सम्भावना भएमा त्यसलाई हवाई उडानको सुरक्षा विरुद्धको अपराध मानिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले शाहीलाई हिरासतमा लिएको हो।

    शनिवार नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा विमान रोकेको भन्दै शाही लगायतले विमान भित्र मन्त्री भट्टराईलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो। मन्त्री भट्टराईका कारण विमान १ घन्टा रोकिएको भन्दै शाही लगायतले आक्रोश पोखेका थिए। तर, भट्टराईले भने १५ मिनेट आफ्ना कारणले विमान रोकिएको भन्दै माफि मागेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस