२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसा मुक्त बन्दैःमन्त्री मगर

  • २०७६ भाद्र २०, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति
    २० भदौ २०७६

    विदुर गिरी, सिन्धुपाल्चोक ।

    खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मुलुक छिटै दक्षिण एसियाकै पहिलो खुला दिसा मुक्त राष्ट्र घोषणा गरिने बताएकि छिन् । सरसफाईको क्षेत्रमा सरकारले आवस्यक बजेट छुट्याउन नसकेको समेत उनिले बताइन् ।
    छिमेकि देस भारतमा नागरिकको सौचालय  निर्माणको लागि सरकारलेनै २५ हजार आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्दै नेपाल सरकारले तेसअनुरुप बजेट ब्यवस्था गर्न नसकेको मन्त्री मगरको भनाइ छ ।

    शुक्रबार सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समारोहलाइ सम्बोधन गर्दै मन्त्री मगरले उक्त कुरा बताएकि हुन् । साथै असोज १३ गते खुला दिसा मुक्त राष्ट्र घोषणा गरिने र सन् २०३० भित्रमा राष्ट्रलाई पुर्ण सरसफाइ युक्त राष्ट्र घोषणा गर्ने दीसामा सरकार लागिपरेको उनिले बताइन् । मेलम्ची खानेपानी टनेल निर्माणको ठेक्का पाएको सिएमसिलाइ बिस्वास गरेर उद्यारो सामान दिनु सप्लायर्स कम्पनि तथा स्थानिय ब्यापारीहरुकै कमजोरी रहेकाले सरकारले यसको बिधिसम्बत तरिकाले समाधान खोजिहेको मन्त्री मगरले प्रष्ट पारिन् । पूर्व कानून मन्त्री तथा संघिय सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकलाइ छिटै खानेपानी समस्या मुक्त जिल्ला घोषण गरिने बताए । मुहान क्षेत्रमा भैरहेको आन्दोलनलाइ इङ्गित गर्दै सासंद तामाङले सरकारले तेसतर्फ ध्यान दिनुपर्ने बताए ।

    नेपाल सरकारको राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ को रणनीतिक कार्ययोजना अनुरुप देशलाई खुला दिशामुक्त बनाउने अभियान अन्र्तगत जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो । २०७२ जेठमा सिन्धुपाल्चोकलाई खुला दिसामुक्त घोषणा गर्नै अन्तिम तयारीमा पुगेको थियो । अन्तिम चरणमा पुगेको बेलामा भुकम्पले ध्वस्त पारेपछि पुन अभियान सञ्चालन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस