खबरज्योती
१८ भदौ २०७६ सुर्खेत
सदा झै पृथ्वीले,
सुर्यलाई एक फन्कोमारी भित्ताको क्यालेन्डरमा,
बिश्राम गरेको दिन ।
दिउँसै कालाधुम्म रात परेको दिन,
आकाश च्यातिएर
हुरी चलेको र त्यही हुरीले
छायाँ र मायाँ दिने बरको रुख ढलेको दिन ।
ध्रुवसत्य तर अप्रिय दिन ।
अलिखित अनुभवको पुस्तकालयमा
सजिएका अमुल्य पुस्तकहरु
जगेर्ना गर्ने मेरो सपना
सदाको लागि बिर्सजन भएको दिन ।
निष्ठा र परिश्रमको पुजारी
धुवाँ र खरानी भई त्रिभूवनमा बिलाएको दिन ।
ध्रुवसत्य तर अप्रिय दिन ।
अलिखित संग्राहलय भत्किएको,
अनुभको पुलिन्दा खरानी भइ बगेको,
आस्थाको धरोहर र नैतिकताको स्तम्भ
टुक्रा टुक्रा भई चीरनिद्रामा बिलाएको
एउटा बिस्मरणयोग्य दिन ।
स्नेह र अभिभावकत्वको धरोहर ढलेको,
अप्रिय, बिश्मरणीय र कालो,
क्षणभरमा हरियाली बिलाएर
खण्डहर मरुभूमिमा रुपान्तरण भएको
अर्थात म टुहुरो भएको दिन ।
बार्षिक पृण्यतिथिमा स्वर्गिय बुवाको लागि सर्मपित – २०७६ भाद्र १८, सुर्खेत
प्रतिक्रिया दिनुहोस